नेपाली नयाँ वर्ष मनाउन जीआरएनसीको बैठक

लण्डन । ग्रेटर रश्मूर नेपाली कम्मुनिटी (जीआरएनसी) ले नेपाली नयाँ वर्ष मनाउने तयारी बैठक आयोजना गरेको छ ।
गत आइतबार एम्पाएर हल अल्डरसटमा बेलुकी ४:३० बजे देखि ६ बजेसम्म बसेको बैठकले आगामी अप्रिल १७ तारिखका दिन रसमुर क्षेत्रमा नेपाली नयाँ वर्ष मनाउने निर्णय गरेको छ ।
कार्यक्रम १७ :३० बजेदेखि बेलुकी ११:३० बजेसम्म एम्पायर हलमा आयोजना गरिने छ।
थुप्रै नेपाली कलाकारहरुको उपस्थितिमा हुने सो कार्यक्रममा उत्कृष्ट गीत, नृत्यहरु, सामाजिक, राजनीतिक, ब्यापारिक, खेलकुद तथा विभिन्न विधाका व्यक्तिहरुको जमघट हुनेछ।
कार्यक्रममा नेपालीहरु मात्रै नभएर स्थानीय नेता, ब्यक्तित्वहरुको जमघट हुने छ। कार्यक्रमको टिकट शुल्क £२५ राखिएको छ जसमा खाना, मनोरंजन आदि समावेश छ।
जीआरएनसीका अध्यक्ष मान गुरुङको अध्यक्षता र सचिव विशाल गुरुङको संचालनमा भएको सो बैठकमा सल्लाहकारहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री