युक्रेनको राजधानी कियभ जाने बेलायती प्रधानमन्त्री जोनसनको चाहना  

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन रुसी हमलामा परेको युक्रेनको भ्रमण गर्ने योजना गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध र युक्रेनको पक्षमा समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमणको योजना बनाएका हुन् ।

प्रधानमन्त्रीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी कियभको यात्राको व्यावहारिकता र मूल्य जाँच गर्न उनले अधिकारीहरुलाई अनुरोध गरेका छन् ।

सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीको युद्ध क्षेत्रमा यात्रा गर्ने सम्भावनालाई ‘निकै डरलाग्दो’ भएको बताएका छन् । असुरक्षाका कारण १ करोड मानिसहरुले देश छोडेको राष्ट्रसंघका उच्च आयुक्त फिलिप्पो ग्रान्डीले बताएका छन् । सुरक्षा अनुभूति भए जोनसनले भ्रमण गर्न सक्ने विवरणहरुमा जनाइएको छ ।

तर राजधानी कियभको अवस्थाले प्रधानमन्त्री भ्रमणमा गए उनको सुरक्षा सुनिश्चित गर्न कत्ति गाह्रो हुन्छ भन्ने अनुमान मात्र गर्न सकिन्छ ।

कियभका मेयर भिटाली क्लिट्स्कोले शहरको पोडिल जिल्लामा विस्फोटका तस्बीर सेयर गरेका छन् । रुसी सेनाले राजधानीमा आवासीय भवन र सैन्य अखडालाई निशाना बनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री