लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताउनु भएको छ।
जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ र उनी एक “निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि साबित भएका छन्।”
बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो, तर ‘भोलोडिमिर सधैं स्पष्ट रहेका छन्, उनको कर्तव्य युक्रेनी जनताप्रति हो, उनी त्यहीँ बस्नेछन् र जनताको हेरचाह गर्नेछन् । म उनको प्रशंसा गर्छु ।”
डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनविरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि गत फेब्रुअरी २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो ।
यता रुसले भने विशेष अपरेशनको उद्देश्य युक्रेनलाई असैन्यीकरण र “डिनाजिफाइ” गर्नु हो र केवल सैन्य पूर्वाधारलाई लक्षित गरिएको छ – नागरिक जनसंख्या खतरामा छैन। मस्कोले बारम्बार जोड दिँदै भनेको छ उसको युक्रेन कब्जा गर्ने कुनै योजना छैन।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, “जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन्।”
रुसको अपरेशनको प्रतिक्रियामा, पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् जसमा धेरै रूसी अधिकारीहरू र संस्थाहरू, मिडिया, र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द र प्रतिबन्धात्मक उपायहरू समावेश छन्।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन