लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको शनिबार सम्पन्न साधारणसभाले अध्यक्षमा गोमा रानालाई चयन गरेको छ । राना यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।
शाखाका अध्यक्ष प्रमिला लाबुङ राईले सबैलाई समान अवसर प्रदान गर्न र नेतृत्व विकासका लागि आफूले अध्यक्ष पदबाट राजिनामा दिएको बताउनु भएको थियो । कार्यक्रममा राईले नवनियुक्त अध्यक्ष रानालाई खादा लगाई कागजात हस्तान्तरण गर्नुभएको थियो ।
नवनियुक्त अध्यक्ष रानाले आफ्नो कार्यकालमा सबैको सहयोग प्राप्त हुने अपेक्षा गर्नुभएको थियो। उहाँले आगामी दिनमा पत्रकारिता तालिम, सदस्यता वृद्धि लगायतका कार्यक्रम ल्याउने पनि जानकारी दिनुभयो ।
साधारणसभाले बेलायतमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । सो पुरस्कारका बारेमा कार्यसमितिले विस्तृत योजना बनाउने बताइएको छ ।
फोनिज युकेले यसअघि नै नेपालमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गरिसकेको छ । जसबाट हरेक वर्ष दुई जनालाई २५/२५ हजार रुपियाँ नगदसहित पुरस्कार प्रदान गरिँदै आएको छ ।
फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षता र सचिव लीला सेलिङ माबोको सञ्चालनमा भएको सो साधारणसभामा सचिव सेलिङ माबोले सांगठानिक प्रतिवेदन र कोषाध्यक्षका तर्फबाट उपाध्यक्ष गोमा रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । दुवै प्रतिवेदनहरु सर्वसम्मतिले पारित गरिएको थियो ।
सो अवसरमा नयाँ पुस्तक निकाल्नुभएकोमा सचिव लीला सेलिङ माबो र सल्लाहकार एकेन्द्र गुरुङलाई, नयाँ गीत प्रकाशन गर्नु भएकोमा पत्रकार मिलन तमु, गोरखा नागरिकता निरन्तरता अभियानका लागि होम सुनुवार र एभरेष्ट टाइम्सको प्रबन्ध निर्देशक हुनुभएकोमा नगेन्द्र नेम्वाङलाई बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शेर्पा, सम्मानित व्यक्तित्वहरु नरेश खपाङ्गी र बिमला सेने, पुस्तक प्रकाशन गर्नुहुने लीला सेलिङ माबो र एकेन्द्र गुरुङ लगायतले बोल्नुभएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने