लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायतमा कार्यरत पत्रकारद्वय नरेश खपाङ्गीमगर र बिमला सेनेलाई सम्मान गरेको छ ।
फोनिज युकेको आज फार्नब्रोमा आयोजित वार्षिक साधारणसभाका अवसरमा उहाँहरुलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा उपस्थित पत्रकार सेनेलाई फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राई र कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले खादा लगाई सम्मान पत्र हस्तान्तरण गर्नुभयो । खपाङ्गीलाई भर्चुअलरुपमा सम्मानित गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गर्नुभएका खपाङ्गी विगतमा दृष्टि साप्ताहिक, गोरखापत्र दैनिक, युरोपको नेपालीपत्र साप्ताहिक, एभरेष्ट टाइम्स साप्ताहिक, नेपाली सन्देश साप्ताहिक, गोरखा सैनिक आवाज मासिक हुँदै अहिले वीनेपाली डटकमको सम्पादक हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ युके शाखाको पूर्व अध्यक्ष पनि हुन् ।
यसैगरी, सन् १९९४ मा बेलायती रक्षा मन्त्रालयको बीएफबीएस गोरखा रेडियोबाट पत्रकारितामा प्रवेश गर्नुभएकी सेनेले नेपालमा सप्तकोशी एफएममा लामो समय काम गर्नुभएको थियो । बेलायत आएपछि उहाँ नेपाली टिभी, नमस्ते युरोप, गोरखा टिभी हुँदै गोरखा च्यानल सञ्चालन गर्दै आउनु भएको छ । ब्यवस्थापन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएकी सेने हाल नेपाल पत्रकार महासंघ युकेको केन्द्रीय प्रतिनिधि हुनुहुन्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा