लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायतमा कार्यरत पत्रकारद्वय नरेश खपाङ्गीमगर र बिमला सेनेलाई सम्मान गरेको छ ।
फोनिज युकेको आज फार्नब्रोमा आयोजित वार्षिक साधारणसभाका अवसरमा उहाँहरुलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा उपस्थित पत्रकार सेनेलाई फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राई र कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले खादा लगाई सम्मान पत्र हस्तान्तरण गर्नुभयो । खपाङ्गीलाई भर्चुअलरुपमा सम्मानित गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गर्नुभएका खपाङ्गी विगतमा दृष्टि साप्ताहिक, गोरखापत्र दैनिक, युरोपको नेपालीपत्र साप्ताहिक, एभरेष्ट टाइम्स साप्ताहिक, नेपाली सन्देश साप्ताहिक, गोरखा सैनिक आवाज मासिक हुँदै अहिले वीनेपाली डटकमको सम्पादक हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ युके शाखाको पूर्व अध्यक्ष पनि हुन् ।
यसैगरी, सन् १९९४ मा बेलायती रक्षा मन्त्रालयको बीएफबीएस गोरखा रेडियोबाट पत्रकारितामा प्रवेश गर्नुभएकी सेनेले नेपालमा सप्तकोशी एफएममा लामो समय काम गर्नुभएको थियो । बेलायत आएपछि उहाँ नेपाली टिभी, नमस्ते युरोप, गोरखा टिभी हुँदै गोरखा च्यानल सञ्चालन गर्दै आउनु भएको छ । ब्यवस्थापन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएकी सेने हाल नेपाल पत्रकार महासंघ युकेको केन्द्रीय प्रतिनिधि हुनुहुन्छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन