लण्डन । बेलायतको लण्डन महानगरीय प्रहरीले नेपालबाट चोरिएका दुई प्राचीन सम्पदा नेपाल फर्काउनका लागि लण्डनस्थित नेपाली दुताबासलाई हस्तान्तरण गरेको छ ।
आज दुताबासमा आयोजित एक कार्यक्रममा महानगरीय प्रहरीका डेपुटी डिटेक्टिभ सुपरिटेण्डेण्ट जोन रोचले ती सम्पदाहरु बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यलाई हस्तान्तरण गरे ।
हस्तान्तरण गरिएका सम्पदाहरुमा सोर्हौं शताब्दीकालीन कुँदिएको काठको तोरण र अठारौं शताब्दीकालिन घुँडा टेकेर नमस्कार गरेको मुद्राको ढुंगाको कुँदिएको मूर्ति रहेको छ । तोरण हनुमानढोका दरबार परिसरबाट सन् १९८० देखि १९९० को बीचमा हराएको थियो भने ढुंगाको मूर्ति ओमबहालको मन्जुश्री मन्दिरबाट सन् १९८०को दशकमा हराएको थियो ।
सम्पदाहरु ग्रहण गर्दै राजदुत आचार्यले महानगरीय प्रहरीलाई ती सम्पदाहरु भेटाइदिएकोमा धन्यवाद दिए । उनले ती सम्पदाहरु फर्काउनका लागि पहल गरिदिएकोमा ग्लास्गो विश्वविद्यालयकी डा इमिलिन स्मीथ र मिडियालाई पनि धन्यवाद दिए ।
महानगरीय प्रहरीका डेपुटी डिटेक्टिभ सुपरीडेण्टेन्ट जोन रोचले बहुमूल्य सम्पदाहरु नेपाल फर्काउन पाउँदा आफूहरुलाई खुशी लागेको बताए । ती सम्पदाहरु हराउनुअघि तस्वीर खिचिएको हुनाले खोज्न सजिलो भएको उनले थपे । उनका अनुसार जसले ती सम्पदाहरु पाएका थिए उनलाई प्रहरीले ती सामग्रीहरु धार्मिक स्थलबाट चोरिएको बताएपछि उनले स्वेच्छाले प्रहरीलाई समर्पण गरेको बताए ।
ग्लास्गो विश्वविद्यालयकी लेक्चरर डा इमिलिन स्मीथले ती सम्पदाहरु नेपाल फर्काउने अभियानमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरिन् ।
दुताबासले दुवै सम्पदाहरु चाँडै नै पुरातत्व विभागमार्फत नेपाल फर्काइने बताएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा