लण्डन । युक्रेन संकट गहिरिँदै जाँदा बेलायतका एक वरिष्ठ मन्त्रीसित एक व्यक्तिले युक्रेनका प्रधानमन्त्री बनी १० मिनेट भिडियो वार्ता गरेका छन् ।
युक्रेनी झण्डा पृष्ठभूमिमा राखी भिडियो वार्तामा बसेका ती व्यक्तिले बेलायतका रक्षा मन्त्री बेन वालेससँग बेलायतले युक्रेनलाई गर्नसक्ने सैनिक सहयोग लगायतका सुरक्षाका गम्भीर विषयहरुमा प्रश्न सोधेको बीबीसीले बताएको छ ।
युक्रेनका प्रधानमन्त्री डेनिस सामुयलले सो घटनाको भत्सर्ना गर्दै सो कार्यमा रसियाको हात रहेको आरोप लगाएका छन् भने बेलायती रक्षा मन्त्री वालेसले आफूलाई नक्कली व्यक्तिले फोन गरेको ट्वीटमा बताएका छन् । बेलायती गृहमन्त्री प्रीति पटेलले आफूलाई पनि गत साता त्यस्तै किसिमको फोन आएको बताएकी छिन् तर उनलाई आएको फोनका बारेमा विस्तृत विवरण आएको छैन ।
बीबीसीका अनुसार लण्डनस्थित युक्रेनियन राजदुताबासका कर्मचारीले भिडियो कल सेट गरेर बेलायती सरकारी अधिकारी कहाँ पठाएका थिए । त्यसपछि त्यो लिंक रक्षा मन्त्रालयमा पठाइएको थियो ।
१० मिनेटसम्म चलेको सो वार्तामा नक्कली युक्रेनी प्रधानमन्त्रीले नेटो, बेलायती सैनिक परिचालन र अहिले युक्रेन र रसियाबीच भइरहेको वार्ताका बारेमा प्रश्न गरेको बताइएको छ । वालेसले वार्तामा महत्वपूर्ण जानकारी नदिएको बताए पनि उनले सो घटनाको छानविनका लागि निर्देशन दिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा