लण्डन । युक्रेन संकट गहिरिँदै जाँदा बेलायतका एक वरिष्ठ मन्त्रीसित एक व्यक्तिले युक्रेनका प्रधानमन्त्री बनी १० मिनेट भिडियो वार्ता गरेका छन् ।
युक्रेनी झण्डा पृष्ठभूमिमा राखी भिडियो वार्तामा बसेका ती व्यक्तिले बेलायतका रक्षा मन्त्री बेन वालेससँग बेलायतले युक्रेनलाई गर्नसक्ने सैनिक सहयोग लगायतका सुरक्षाका गम्भीर विषयहरुमा प्रश्न सोधेको बीबीसीले बताएको छ ।
युक्रेनका प्रधानमन्त्री डेनिस सामुयलले सो घटनाको भत्सर्ना गर्दै सो कार्यमा रसियाको हात रहेको आरोप लगाएका छन् भने बेलायती रक्षा मन्त्री वालेसले आफूलाई नक्कली व्यक्तिले फोन गरेको ट्वीटमा बताएका छन् । बेलायती गृहमन्त्री प्रीति पटेलले आफूलाई पनि गत साता त्यस्तै किसिमको फोन आएको बताएकी छिन् तर उनलाई आएको फोनका बारेमा विस्तृत विवरण आएको छैन ।
बीबीसीका अनुसार लण्डनस्थित युक्रेनियन राजदुताबासका कर्मचारीले भिडियो कल सेट गरेर बेलायती सरकारी अधिकारी कहाँ पठाएका थिए । त्यसपछि त्यो लिंक रक्षा मन्त्रालयमा पठाइएको थियो ।
१० मिनेटसम्म चलेको सो वार्तामा नक्कली युक्रेनी प्रधानमन्त्रीले नेटो, बेलायती सैनिक परिचालन र अहिले युक्रेन र रसियाबीच भइरहेको वार्ताका बारेमा प्रश्न गरेको बताइएको छ । वालेसले वार्तामा महत्वपूर्ण जानकारी नदिएको बताए पनि उनले सो घटनाको छानविनका लागि निर्देशन दिएका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’