
लण्डन । किरात राई यायोक्खा आसफोर्ड केन्ट प्रारम्भिक कार्य समितिको अधिवेशन सम्पन्न भएको छ।
गत शनिवार सम्पन्न समितिको सातौँ अधिवेशन समितिका अध्यक्ष बसुन्धरा नयोङ्ग राईको सभापतित्व तथा किरात राई यायोक्खा बेलायतका केन्द्रीय अध्यक्ष योगेश कोयी राईको प्रमुख आतिथ्यतामा भएको थियो ।
त्यसैगरी अतिथिहरु सगरमाथा गोर्खा नेपाली समाज आश्फ़ोर्डका अध्यक्ष कप्रसाद छन्त्याल, किरात याक्थुङ्ग चुम्लुङ्ग आश्फ़ोर्डका शाखाका अध्यक्ष सोदिप लिम्बुज्यु , किराया प्राकास लन्डनका अध्यक्ष बिमलाकुमारी राई, किराया प्राकास मेडिस्टोन अध्यक्ष राजेन राई, रत्न राई, भाग्यवती राई लगायत विभिन्न तह तप्काका व्यक्तित्वहरुको उपस्थिति रहेको थिय।
समितिका सचिव डिल्लीराम राईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष कृष्णाकुमारी राईले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् । कार्यक्रमलाई प्रमुख अतिथि लगायत विभिन्न अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । मन्तव्यको क्रममा किराया बेलायतको आन्तरिक कलहले निम्त्याएको विभाजनलाई एकतावद्ध गराउने आफ्नो प्रमुख दायित्व रहेकोले त्यसतर्फ आफू प्राथमिकताका साथ लागेको कुरा प्रमुख अतिथि योगेश राईले बताउनुभयो ।
उद्घाटन कार्यक्रमपछि बन्द शत्रमा प्रगति प्रतिवेदन सचिव डिल्लीराम राई र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शुभचन्द्र राईज्युले राख्नु भयो। त्यसैगरी निवार्चन मण्डलका अध्यक्ष्य ध्यानबहादुर राई, सचिव मानुस राई, सदस्य प्रश्न राईले नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
नयाँ कार्यसमितिको नाम यसप्रकारर छ
अध्यक्ष -बसुन्धरा नयोङ्ग राई
उपाध्यक्षद्वय-सरला साम्पाङ्ग र शिवानी चाम्लिङ्ग राई
सचिव -डिल्लीराम चाम्लिङ्ग राई
कोषाध्यक्ष- शुभचन्द्र वान्तवा राई
सह-कोषाध्यक्ष – मिलन चाम्लिङ्ग राई
सस्कृति सचिव – चित्र चाम्लिङ्ग राई
सस्कृति सह-सचिव- कल्पना चाम्लिङ्ग राई
मिडिया सेक्रेटरी – नयन चाम्लिङ्ग राई
सदस्यहरु
कृष्णकुमारी खालिङ्ग राई
पूर्णिमा थुलुङ्ग लुन्छुवा राई
आशा बान्तवा राई
मणि लोहोरुङ्ग राई
जगत पुमा राई
भक्तकुमार दुमी राई
राजेन्द्रकुमार बायुङ्ग राई
शिवराज मेवाहाङ्ग राई
सुधा साम्पाङ्ग राई
असय वाम्बुले राई
राजन चाम्लिङ्ग राई
एलिसा वाम्बुले राई
करे खालिङ्ग राई
खगेन चाम्लिङ्ग राई
सुवास बान्तवा राई छन्
त्यसैगरी युबा कार्य समितिमा संयोजक नयन चाम्लिङ्ग राई, सदस्यहरुमा सुश्री डा प्रियका लुन्छुवा राई, योगेन बान्तवा राई, सुश्री कामना चाम्लिङ्ग राई र सुरज साम्पाङ्ग राई रहेका छन्।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’