लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले गोरखा समस्याका बारेमा नेपाल तथा बेलायतबीच हुने वार्तामा गोरखाहरुका तर्फबाट तीनजना प्रतिनिधि चाँडै टुंग्याउने बताएका छन् ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) केन्द्रीय समितिको प्रतिनिधिमण्डलसितको छलफलमा राजदुत आचार्यले सो कुरा बताएको गेसोका सचिव बुद्धिराज राईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
गेसोका उपसभापति धर्मबहादुर तामाङको नेतृत्वमा गएको गेसोको प्रतिनिधिमण्डलले राजदुत आचार्यलाई स्वागत गर्नुका साथै वार्तामा गोरखाका तर्फबाट सहभागी हुने दुई जना प्रतिनिधिको अझै टुंगो नलागेकोमा ध्यानाकर्षण गराएको थियो । सोको जवाफमा आचार्यले तीन जनाको नामा चाँडै पूरा गर्ने वचन दिएका थिए ।
गोरखाहरुले वार्तामा भाग लिन मेजर रिटायर्ड जुधबहादुर गुरुङको नाममा भने यसअघि नै सहमति जनाएका छन् ।
यस्तै, वार्ताका लागि यसअघिका राजदुतको पालामा निर्देशक समिति गठन गरिएकोमा राजदुत आचार्यले निर्देशक कमिटीलाई निरन्तरता दिइने बताएका थिए ।
वार्ताबाट गोरखाहरुका पक्षमा अधिकतम लाभ लिन निर्देशक कमिटी र वार्ता कमिटीका बीचमा गम्भीर छलफल गरेर मात्र वार्तामा प्रस्तुत हुने पनि आचार्यले बताएका छन् ।
छलफलमा गेसोका उपसभापति तामाङका साथै कोषाध्यक्ष देवीमाया पुन, केन्द्रीय सदस्यहरु नरहाङ राई र मानबहादुर गुरुङ सहभागी थिए भने दुताबासका तर्फबाट राजदुत आचार्य र उपनियोग प्रमुख श्रीमती रोशन खनाल सरिक हुनुहुन्थ्यो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा