लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ । आइतबार लन्डन दूतावासमा एक कार्यक्रम आयोजना गरी शाखाले हालै पदबहाली गरेका राजदूतसंग अन्तर्क्रिया समेत गरेको छ ।
शाखाका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल र पूर्व अध्यक्ष चिरन शर्माले खादा र पुष्पगुच्छासहित राजदूत आचार्यलाई संस्थाका तर्फबाट स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत आचार्यले पत्रकार महासंघ बेलायतसंगको सहकार्यलाई दूतावासले उच्च महत्वसहित अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । पत्रकारहरुसंग सहयोग आदाप्रदान गर्न दूतावास सधैं तयार रहने जनाउँदै उनले त्यसका लागि निरन्तर छलफल र समन्वय गर्दै जाने बताए ।
आफ्नो कार्यकालमा नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाईमा पु्रयाउने दिशामा पहल गर्ने राजदूत आचार्यको प्रतिवद्धता छ । भूपू गोर्खाहरुको मुद्धालाई आफ्नो मूल प्राथमिकतामा राखेको भन्दै उनले यो समस्याको स्थायी समाधान खोजिने बताए ।
दूतावासकी प्रवक्ता एवम् उपनियोग प्रमुख रोशन खनालले बेलायतस्थित नेपाली पत्रकारहरु र पत्रकार महासंघबाट दूतावासलाई निरन्तर सहयोग मिल्दै आएको उल्लेख गर्दै प्रशंसा गरिन् ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले दूतावास र शाखाबीच रहँदै आएको सहकार्य राजदूत आचार्यको कार्यकालमा थप सुदृढ बन्ने आशा व्यक्त गरे । बेलायतस्थित नेपाली पत्रकार र मिडियाको स्तर उन्नति गर्ने महासंघको पहलमा पनि दूतावासको सहयोगी भूमिका अपेक्षा गरेको उनले बताए ।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले बेलायतमा नयाँ राजदूतको रुपमा एक अनुभवी कुटनीतिज्ञको आगमन भएसंगै यहाँका नेपालीहरुमा धेरै आशा र अपेक्षाहरु पलाएको बताए । बीबीसी नेपाली सेवाका पूर्व प्रमुख समेत रहेका उनले बेलायतमा नेपाली पत्रकारिताको पृष्ठभूमि र सुरुआती दिनहरुबारे पनि सुनाएका थिए ।
शाखाका पूर्व अध्यक्ष चिरन शर्माले बेलायतस्थित पत्रकारहरु दूतावासको सहयोगका लागि सधैँ तयार रहेको भन्दै पत्रकारहरुलाई आवश्यक सूचनालाई थप सहज बनाइदिन दूतावासलाई आग्रह गरे ।
कार्यक्रमका दोस्रो चरणमा पत्रकारहरुले राखेका जिज्ञासामा राजदूत आचार्यले जवाफ दिएका थिए ।
त्यस अवसरमा दूतावासका सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार, सेकेण्ड सेक्रेटरी रामबाबु नेपाल, सहचारीद्वय पूजन पाण्डे र गजेन्द्र राई, नेपाल पत्रकार महासंघ बेलायत शाखाकी केन्द्रीय प्रतिनिधि विमला सेने, सल्लाहकार फडिन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, सचिवद्वय मञ्जु भण्डारी र खेमराज रानाभाट, कार्यसमिति सदस्यहरु गोमा राना र बाचस्पति रेग्मीसहित करुण अर्याल, एभरेष्ट गौतम, फातिमा बानु, प्रकाश कंडेललगायतका पत्रकार एवम् सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महासचिव नरेन्द्र बस्नेतले गरेका थिए ।
सोही अवसरमा बेलायत भ्रमणमा आएका पत्रकार गिरिजा अधिकारीलाई पनि शाखाका तर्फबाट स्वागत गरिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा