लन्डन। ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
शनिबार भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा प्रमुख अतिथि माइती नेपालकी अध्यक्ष तथा सीएनएन हिरो अवार्ड २०१० की विजेता अनुराधा कोइराला तथा विशेष अतिथिहरुमा मेयर अफ रश्मोर काउन्सिलर ब्रुष थोमस, नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरुमा रश्मूर बोरोका काउन्सिलरहरु अबुल चौधरी, जीव बेलबासे र नेम थापा, एसियन महिला एसोसिएसनका अध्यक्ष विभा गुरुङ, तमुधीँ एसोसिए युकेका अध्यक्ष हितकाजी गुरुङ, किरात राई यायोक्खा युकेका अध्यक्ष चन्द्रबहादुर राई, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुवराज अर्याल, गोर्खा जिल्ला गुरुङ समाज युकेका उपाध्यक्ष मिनकुमार गुरुङ, गोर्खाली समाज युकेका अध्यक्ष कर्ण दर्लामीमगर, मगर संग युएचएसबी ब्रान्चकी अध्यक्ष हेमा रानालगाएत विभिन्न संघ संस्थाका अध्यक्ष तथा महिला नेतृत्वहरु उपस्थित हुनु हुन्थ्यो ।
संस्थाका सचिव डा विशाल गुरुङले हेल्थ एण्ड सेफ्टीबाट कार्यक्रम शुरु गरी सबैलाई स्वागत गरेका थिए भने संस्थाका अध्यक्ष मान गुरुङले विशेष अतिथि मेयर अफ रश्मोर काउन्सिलर ब्रुष थोमस र मेयेरेसलाई खादा र फूलको गुच्छाले स्वागत गरेपछि अध्यक्ष गुरुङ, मेयोर थोमस, मेयोरेस र कार्यक्रम संयोजक सुष्मा गुरुङले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । प्रमुख अतिथि अनुराधा कोइरालाले संघर्ष तथा मानव बेचबिखन, घरेलु हिंसाको बारेमा करिब ५० मिनेट बोल्नु भएको थियो र सहभागीहरुको प्रश्नको जवाफ पनि दिनुभएको थियो ।
कम्युनिटीले नारी दिवसका अवसरमा सहयोग संकलन गरी मानव बेचबिखन, घरेलु हिंसा, एकल व्यक्ति, घरबारबिहीन बालबच्चाका क्षेत्रमा महत्वपूर्ण काम गर्ने संस्था माइती नेपाल र युकेको रश्मूरमा सहयोग गर्ने योजना बनाएको छ।
सो कार्यक्रमको रेकर्ड ग्रेटर रश्मूर नेपाली कम्युनिटीको फेसबुक पेजमा हेर्न सकिनेछ ।
जीआरएनसीले आइतबार १७ अप्रिल २०२२ मा नेपाली नयाँ वर्ष मनाउँदै छ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ