लन्डन। ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
शनिबार भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा प्रमुख अतिथि माइती नेपालकी अध्यक्ष तथा सीएनएन हिरो अवार्ड २०१० की विजेता अनुराधा कोइराला तथा विशेष अतिथिहरुमा मेयर अफ रश्मोर काउन्सिलर ब्रुष थोमस, नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरुमा रश्मूर बोरोका काउन्सिलरहरु अबुल चौधरी, जीव बेलबासे र नेम थापा, एसियन महिला एसोसिएसनका अध्यक्ष विभा गुरुङ, तमुधीँ एसोसिए युकेका अध्यक्ष हितकाजी गुरुङ, किरात राई यायोक्खा युकेका अध्यक्ष चन्द्रबहादुर राई, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुवराज अर्याल, गोर्खा जिल्ला गुरुङ समाज युकेका उपाध्यक्ष मिनकुमार गुरुङ, गोर्खाली समाज युकेका अध्यक्ष कर्ण दर्लामीमगर, मगर संग युएचएसबी ब्रान्चकी अध्यक्ष हेमा रानालगाएत विभिन्न संघ संस्थाका अध्यक्ष तथा महिला नेतृत्वहरु उपस्थित हुनु हुन्थ्यो ।
संस्थाका सचिव डा विशाल गुरुङले हेल्थ एण्ड सेफ्टीबाट कार्यक्रम शुरु गरी सबैलाई स्वागत गरेका थिए भने संस्थाका अध्यक्ष मान गुरुङले विशेष अतिथि मेयर अफ रश्मोर काउन्सिलर ब्रुष थोमस र मेयेरेसलाई खादा र फूलको गुच्छाले स्वागत गरेपछि अध्यक्ष गुरुङ, मेयोर थोमस, मेयोरेस र कार्यक्रम संयोजक सुष्मा गुरुङले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । प्रमुख अतिथि अनुराधा कोइरालाले संघर्ष तथा मानव बेचबिखन, घरेलु हिंसाको बारेमा करिब ५० मिनेट बोल्नु भएको थियो र सहभागीहरुको प्रश्नको जवाफ पनि दिनुभएको थियो ।
कम्युनिटीले नारी दिवसका अवसरमा सहयोग संकलन गरी मानव बेचबिखन, घरेलु हिंसा, एकल व्यक्ति, घरबारबिहीन बालबच्चाका क्षेत्रमा महत्वपूर्ण काम गर्ने संस्था माइती नेपाल र युकेको रश्मूरमा सहयोग गर्ने योजना बनाएको छ।
सो कार्यक्रमको रेकर्ड ग्रेटर रश्मूर नेपाली कम्युनिटीको फेसबुक पेजमा हेर्न सकिनेछ ।
जीआरएनसीले आइतबार १७ अप्रिल २०२२ मा नेपाली नयाँ वर्ष मनाउँदै छ।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो