पत्रकार मिलन तमु सम्मानित

लण्डन । बेलायतबाट सन्चालित गोरखमिडिया डटकमका प्रबन्ध निर्देशक तथा पत्रकार मिलन तमु सम्मानित भएका छन् ।

तमु प्ये ल्हु संघ बेलायतले पत्रकारितामा योगदान दिएवापत शनिबार बेलायतमा उनलाई सम्मान गरेको हो ।

तमु प्ये ल्हु संघ युकेका अध्यक्ष रनबहादुर तमुले पत्रकार तमुलाई फेटा तथा सम्मान पत्र हस्तान्तरण गरे ।

पत्रकार तमु नेपाल पत्रकार महासंघ युके शाखाको कार्यसमितिको सदस्य रहेका छन् । लामो समय फोटो पत्रकारितामा संलग्न तमुले गत वर्षदेखि आफ्नै लगानीमा गोर्खामिडिया डटकम सन्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री