रनफेष्टलाई बेक्स्ली नेपाली समाजको साथ

लण्डन । गैरआवासीय नपाली संघ इङ्ल्याण्ड राज्य समन्वय परिषद युकेद्वारा आयोजित रनफेष्ट कार्यक्रमलाई अझै परिमार्जित र फराकिलो बनाउँदै बेक्स्ली नेपाली समाज युकेले सबैलाई भेला गरेर ५ किलोमिटर रनफेष्ट कार्यक्रम स्थानीय डेन्सन पार्कमा पूरा गरेका छन् ।

रन फेष्ट कार्यक्रमका संयोजक बलराम सुवेदीले पनि सहयोगको लागी अध्यक्ष आनन्द धरेल, कोषाध्यक्ष दीपेन्द्र सिटौला र संस्थाका सबै प्रतिनिधिहरू र रोयल बरो अफ ग्रीनिज नेपाली समाजका अध्यक्ष तथा प्रतिनिधि सबैलाई धन्यवाद दिंदै रनफेष्ट कार्यक्रमको लागी जो जस्ले भाग लिनु भयो उहाँहरू सबैको जित भएको र जस्ले आउन भ्याउनु भएन र सुभेच्छा प्रदान गरिदिनु भयो उहाँहरू सबैमा धन्यवाद दिएका थिए ।

कार्यक्रम सुरू हुनुभन्दा पहिला राज्य समन्वय परिषदका अध्यक्ष लालबहादुर गुरूङ, केन्द्रीय अध्यक्ष प्रेम गाहा मगर र संरक्षक शेरबहादुर
सुनार, सहसचिव अहिल्या कुँवर र प्रवक्ता डा विसाल गुरूङ लगायत कार्यसमितिका सदस्य तथा सामाजिक अभियन्ताहरू प्लमस्टिडको पशुपति मन्दिरमा पुगेर रनफेष्ट कार्यक्रमको सफलताको लागी प्रार्थना गरेका थिए । कार्यक्रमपश्चात मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । बेक्स्लीबासीहरूले आगमी दिनमा पनि राज्य समन्वय परिषद इङ्ल्याण्डले गर्ने कार्यक्रममा सहयोग गर्ने बाचा गरेका थिए ।

कार्यक्रमको संचालक केदार थपलियाले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्ष प्रेम गाहा मगर, शेरबहादुर सुनार, इङल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष लालबहादुर गुरूङ, बेक्स्ली समाजका अध्यक्ष आनन्द धरेल लगायतका उपस्थित महानुभावले शुभकामना दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री