लण्डन । नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई नेपालका बैँकहरुमा विदेशी मुद्रामा खाता खोल्न अझ सजिलो बनाएको छ ।
राष्ट्रबैँकको विदेशी विनिमय व्यवस्थापन विभागद्वारा फागुन १८ गते जारी गरिएको परिपत्रअनुसार अब एनआरएनहरुले त्यस्तो खाता खोल्दा सम्बन्धित देशको गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा जारी परिचय पत्रले पनि हुने भएको छ । यसअघि नेपाल सरकारद्वारा जारी एनआरए कार्ड भएकाले मात्र त्यस्तो खाता खोल्न पाउने व्यवस्था थियो ।
परिपत्रअनुसार अब नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्र वा गैरआवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वदेशी वा विदेशी) वा साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी नागरिकतासहित त्यस्तो प्रमाणित हुने कागजात भए विदेशी मुद्रामा खाता खोल्न मिल्नेछ ।
यसअघि एनआरएनए कार्ड भएकाले मात्र त्यस्तो खाता खोल्न पाउने प्रावधानका कारण धेरै नेपालीहरुलाई सो योजनामा सहभागी हुन प्रोत्साहन मिलेको थिएन । खासगरी एनआरएन कार्डको महंगो शुल्क र धेरै व्यक्तिगत विवरण बुझाउनु पर्ने झण्झटका कारण एनआरएन कार्ड थोरैले मात्र लिने गरेका छन् ।
यस्तै राष्ट्र बैँकले त्यस्तो खातामा हुनुपर्ने न्यूनतम रकमको हदबन्दी पनि घटाएको छ । यसअघि कम्तिमा पाँच हजार अमेरिकी डलर हुनुपर्नेमा अब न्यूनतम एक हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा मौज्दात भए हुने भएको छ ।
ग्लोबल आइएमई बैँकका युके प्रतिनिधि अमित चालिसे राष्ट्र बैँकको नयाँ निर्णयले बेलायतमा रहेका गैरआवासीय नेपालीहरुलाई सो योजनामा सामेल हुन सजिलो बनाएको बताउँछन् ।
राष्ट्र बैँकको निर्णयको थप विवरण यसप्रकार छ :
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान