लण्डन । नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई नेपालका बैँकहरुमा विदेशी मुद्रामा खाता खोल्न अझ सजिलो बनाएको छ ।
राष्ट्रबैँकको विदेशी विनिमय व्यवस्थापन विभागद्वारा फागुन १८ गते जारी गरिएको परिपत्रअनुसार अब एनआरएनहरुले त्यस्तो खाता खोल्दा सम्बन्धित देशको गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा जारी परिचय पत्रले पनि हुने भएको छ । यसअघि नेपाल सरकारद्वारा जारी एनआरए कार्ड भएकाले मात्र त्यस्तो खाता खोल्न पाउने व्यवस्था थियो ।
परिपत्रअनुसार अब नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्र वा गैरआवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वदेशी वा विदेशी) वा साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी नागरिकतासहित त्यस्तो प्रमाणित हुने कागजात भए विदेशी मुद्रामा खाता खोल्न मिल्नेछ ।
यसअघि एनआरएनए कार्ड भएकाले मात्र त्यस्तो खाता खोल्न पाउने प्रावधानका कारण धेरै नेपालीहरुलाई सो योजनामा सहभागी हुन प्रोत्साहन मिलेको थिएन । खासगरी एनआरएन कार्डको महंगो शुल्क र धेरै व्यक्तिगत विवरण बुझाउनु पर्ने झण्झटका कारण एनआरएन कार्ड थोरैले मात्र लिने गरेका छन् ।
यस्तै राष्ट्र बैँकले त्यस्तो खातामा हुनुपर्ने न्यूनतम रकमको हदबन्दी पनि घटाएको छ । यसअघि कम्तिमा पाँच हजार अमेरिकी डलर हुनुपर्नेमा अब न्यूनतम एक हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा मौज्दात भए हुने भएको छ ।
ग्लोबल आइएमई बैँकका युके प्रतिनिधि अमित चालिसे राष्ट्र बैँकको नयाँ निर्णयले बेलायतमा रहेका गैरआवासीय नेपालीहरुलाई सो योजनामा सामेल हुन सजिलो बनाएको बताउँछन् ।
राष्ट्र बैँकको निर्णयको थप विवरण यसप्रकार छ :
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु