लण्डन । मगर संघ युकेले चालिसौँ मगर एकता दिवस तथा प्रथम शहिद लखन थापामगरको १४५ ओैँ स्मृति दिवस मनाएको छ ।
शनिबार मगर संघको भवन फार्नब्रोमा केही सदस्यहरुको भौतिक उपस्थिति तथा बाँकी सहभागीको भर्चुअल उपस्थितिबीच संघले सो दिवस मनाएको हो ।
संघका अध्यक्ष सुनिल रानाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको कार्यक्रमको प्रमुख लण्डनस्थित नेपाली दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल रहेकी थिइन् । कार्यक्रमको विशेष अतिथिमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र समाजसेवी क्याप्टेन रिटायर्ड हरिबहादुर थापामगर रहेका थिए ।
मगर भवनमा उपस्थित अध्यक्षलगायत विशेष अतिथिहरुले नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन, प्रथम शहिद लखन थापामगरको तस्वीरमा माल्यार्पणका साथै पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा नेपाल तथा बेलायतको राष्ट्रिय गान तथा मगर गान समेत गाइएको थियो ।
महासचिव रुद्र थापामगरले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष राम गलामीमगरले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले आफू पाल्पामा जन्मे हुर्केकाले मगर जातिका बारेमा परिचित रहेको र नेपालको विकासमा मगर जातिले दिएको योगदानको प्रशंसा गरेकी थिइन् ।
एनआरएनए युकेका अध्यक्ष गाहामगरले मगर संघ युकेकै कारण आफू एनआरएनएमा निर्वाचित हुन सफल भएको र आफूलाई बारम्बार सरसल्लाह दिइरहन आग्रह गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष शेर्पाले मगर संघ युकेले युवापुस्तालाई प्रशस्त अवसर दिएर अनुकरणीय कार्य गरेको बताए ।
नेपाल मगर संघ काठमाडौँ जिल्ला समितिका पूर्व अध्यक्ष क्याप्टेन हरिबहादुर थापामगरले मगरहरुलाई एक हुन र एक आपसमा मद्दत गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा मगर युवा संघका नूतन श्रीशले मगर दिवसका बारेमा, सुजाता थापामगरले नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुनमगरको बारेमा र दीपक माइथाने मगरले प्रथम शहिद लखन थापामगरको बारेमा प्रस्तुति वाचन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा मगर संघ युकेका साँस्कृतिक सचिव सरु रानामगर तथा मिफ्रुरुङ युवा क्लवका समीक्षा राना, ओशिन राना, सरिन थापा र किशोर रानाले आकर्षक ढंगले मगरहरुको भाषा, वेशभूषा, सँस्कृति तथा नेपालका अरु विभिन्न प्रश्न समेटिएको क्वीज खेलाएका थिए ।
क्वीजमा नरेश खपाङ्गी प्रथम, समीरा थापा दोस्रो र भबहादुर पुन तेस्रो भएका थिए । विजेताहरुलाई अप्रिल ९ मा हुने महाधिवेसनमा पुरस्कार दिइने बताइएको छ ।
अन्त्यमा अध्यक्ष रानामगरले सबैलाई धन्यवाद दिँदै कार्यक्रम विसर्जन गरेका थिए ।
नेपाल मगर संघ (तत्कालिन नेपाल लाङघाली संघ) को पहिलो महाधिवेसन भएको दिन फागुन १५ लाई नेपाल तथा प्रवासमा रहेका मगरहरुले मगर एकता दिवसका रुपमा मनाउँदै आएका छन् । यस्तै, जंगबहादुर राणाको विरुद्धमा जनस्तरमा विद्रोह गरेको अभियोगमा मारिएका लखन थापामगरको स्मृति दिवस हरेक वर्ष फागुन २ गते मनाइने गरेको छ । मगर संघ युकेले दुवै अवसरलाई एकै कार्यक्रम गरी मनाएको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा