लण्डन । बेलायतले रुसी सेनासित लड्न युक्रेनमा आफ्नो सैनिक नपठाउने भएको छ ।
बेलायती रक्षा मन्त्री बेन बालेसले बेलायतले युक्रेनमा सैनिक पठाएमा त्यसले युरोपमा युद्ध निम्त्याउने बताउँदै आफ्नो सेना त्यहाँ नपठाउने प्रष्ट पारेका छन् ।
युक्रेन नेटोको सदस्य नभएको तर बेलायत नेटोको सदस्य भएकाले बेलायतले युक्रेनमा सेना पठाउँदा त्यसले युद्धको रुप लिने उनको तर्क छ ।
बालेसले हालसम्म रसियाले युक्रेनमा ठूलो क्षति ब्यहोरेको दाबी गरे । उनले करिब ४५० रुसी सैनिक युक्रेनमा मारिएको बताए । उता बेलायतका अर्का मन्त्रीले युक्रेनतर्फ १९४ जना मारिएको र त्यसमध्ये ५७ जना गैरसैनिक मारिएको बताएका छन् ।
बेलायतले युक्रेनमा आफ्नो सेना पठाउनुको साटो हातहतियार र उपकरणहरु पठाउने पनि बालेसले जानकारी दिए । हालसम्ममा करिब २० हजार युक्रेनी सैनिकलाई तालिम दिइएको र हतियार पनि उपलब्ध गराइएको बताए ।
रसियाले बिहीबार युक्रेनमा आक्रमण गरेपछि करिब १ लाख मानिसहरुले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघको भनाइ छ । रसियाको कदमको प्रतिक्रियास्वरुप बेलायतले रसियामाथि विभिन्न प्रतिबन्ध लगाएको छ जसमा रसियन हवाइ सेवालाई बेलायतमा उडान भर्न निषेध गरिएको छ भने बदलामा रसियाले पनि बेलायती विमानसेवालाई रसियामा उडान भर्न प्रतिबन्ध लगाएको छ । यस्तै बेलायतले रसियन राजदुतलाई फिर्ता पठाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने