लण्डन । बेलायतले रुसी सेनासित लड्न युक्रेनमा आफ्नो सैनिक नपठाउने भएको छ ।
बेलायती रक्षा मन्त्री बेन बालेसले बेलायतले युक्रेनमा सैनिक पठाएमा त्यसले युरोपमा युद्ध निम्त्याउने बताउँदै आफ्नो सेना त्यहाँ नपठाउने प्रष्ट पारेका छन् ।
युक्रेन नेटोको सदस्य नभएको तर बेलायत नेटोको सदस्य भएकाले बेलायतले युक्रेनमा सेना पठाउँदा त्यसले युद्धको रुप लिने उनको तर्क छ ।
बालेसले हालसम्म रसियाले युक्रेनमा ठूलो क्षति ब्यहोरेको दाबी गरे । उनले करिब ४५० रुसी सैनिक युक्रेनमा मारिएको बताए । उता बेलायतका अर्का मन्त्रीले युक्रेनतर्फ १९४ जना मारिएको र त्यसमध्ये ५७ जना गैरसैनिक मारिएको बताएका छन् ।
बेलायतले युक्रेनमा आफ्नो सेना पठाउनुको साटो हातहतियार र उपकरणहरु पठाउने पनि बालेसले जानकारी दिए । हालसम्ममा करिब २० हजार युक्रेनी सैनिकलाई तालिम दिइएको र हतियार पनि उपलब्ध गराइएको बताए ।
रसियाले बिहीबार युक्रेनमा आक्रमण गरेपछि करिब १ लाख मानिसहरुले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघको भनाइ छ । रसियाको कदमको प्रतिक्रियास्वरुप बेलायतले रसियामाथि विभिन्न प्रतिबन्ध लगाएको छ जसमा रसियन हवाइ सेवालाई बेलायतमा उडान भर्न निषेध गरिएको छ भने बदलामा रसियाले पनि बेलायती विमानसेवालाई रसियामा उडान भर्न प्रतिबन्ध लगाएको छ । यस्तै बेलायतले रसियन राजदुतलाई फिर्ता पठाएको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन