हङकङमा सन् १९९७ पछि जन्मेकालाई बेलायतको आवासीय अधिकार

लण्डन । बेलायत सरकारले ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) भिसा योजनालाई विस्तार गर्दै सन् १९९७ वा सोभन्दा पछि हङकङमा जन्मेकाहरुलाई समेत बेलायतको आवासीय भिसा दिने बनाएको छ ।

बेलायतका अध्यागमन मन्त्री केभिन फोस्टरले बेलायत सरकारले सन् १९९७ जुलाई १ वा सो भन्दा पछि जन्मेका, १८ वर्ष वा सोभन्दा माथि उमेर भएका र कम्तीमा एक जना अभिभावकसित बीएनओ पासपोर्ट भएकाहरुलाई बेलायतको आवासीय अधिकार दिन मिल्ने गरी नियम परिवर्तन गरेको बताए ।

सरकारले तय गरेको नयाँ नियम आगामी अक्टोबरदेखि कार्यान्वयनमा आउने बताइएको छ ।

हङकङ वाचका कार्यकारी निर्देशक बेनेडिक्ट रोजर्सले सरकारको निर्णयको स्वागत गरेका छन् । उनले वाचले विगत दुई वर्षदेखि उठाउँदै आएको माग पूरा गरिदिएकोमा सरकारलाई धन्यवाद दिए । यस निर्णयले बेलायत सरकारको यसअघिको बीएनओसम्बन्धी नीतिमा छुटेकाहरुलाई समेट्ने उनले विश्वास व्यक्त गरेका छन् ।

बेलायत सरकारले चीनले हङकङमा नयाँ सुरक्षा सम्बन्धी कानुन जारी गरेपछि हङकङमा रहेका बीएनओ पासपोर्टबाहकहरुलाई बेलायतको आवासीय अधिकार तथा नागरिकता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री