लण्डन । संयुक्त अधिराज्यका लागि नवनियुक्त नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले आज लण्डनस्थित नेपाली दुताबासमा पदबहाली गरेका छन् । आचार्य आजै बेलायत आइपुगेका हुन् ।
आफ्नो भावी कार्य योजनाबारे छलफल गर्ने क्रममा उहाँले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा साँस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकहरुसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। त्यसैगरी भूतपूर्व ब्रिटिश गोर्खाको समस्या समाधान आफ्नो प्राथमिकताको विषय रहेको समेत बताउनुभयो। उहाँले व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोकिने जानकारी दिनुभयो।
उहाँलाई लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संयुक्त अधिराज्यका परराष्ट्र मन्त्रीका विशेष प्रतिनिधि माइकल ज़ोन होलोवे, राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदार लगायत राजदूतावासका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च