लण्डन । संयुक्त अधिराज्यका लागि नवनियुक्त नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले आज लण्डनस्थित नेपाली दुताबासमा पदबहाली गरेका छन् । आचार्य आजै बेलायत आइपुगेका हुन् ।
आफ्नो भावी कार्य योजनाबारे छलफल गर्ने क्रममा उहाँले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा साँस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकहरुसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। त्यसैगरी भूतपूर्व ब्रिटिश गोर्खाको समस्या समाधान आफ्नो प्राथमिकताको विषय रहेको समेत बताउनुभयो। उहाँले व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोकिने जानकारी दिनुभयो।
उहाँलाई लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संयुक्त अधिराज्यका परराष्ट्र मन्त्रीका विशेष प्रतिनिधि माइकल ज़ोन होलोवे, राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदार लगायत राजदूतावासका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार