बेलायतले छिट्टै युक्रेनलाई सैन्य सहायताको प्रदान गर्ने

लण्डन। बेलायतले युक्रेनलाई छिट्टै नयाँ सैन्य सहायताको प्रदान गर्ने बताएको छ ।

प्रधानमंत्री बोरिस जोन्सनले बुधबार सैन्य सहायताको नयाँ प्याकेज प्रदान गर्ने बताउनुभएको हो ।

उहाँले बेलायतको संसदमा बोल्ने क्रममा भन्नुभयो, “म हाउस अफ कमन्समा यो घोषणा गर्दछु कि रूसबाट यूक्रेनमाथि झन्–झन् खतरा सृजना भएको छ । हाम्रो यूक्रेनका लागि घोषित नीति अनुरुप नै बेलायतले चाँडै युक्रेनलाई सैन्य समर्थनको थप प्याकेज प्रदान गर्नेछ ।”

प्रधानमन्त्रीका अनुसार यस नयाँ प्याकेजमा रक्षात्मक तथा अन्य हतियारलगायतका बन्दोबस्तीका सामान सहायता समावेश हुनेछ ।

बेलायतले यसअघि नै युक्रेनमा स्पेशल फोर्सका सदस्यहरूलाई पठाइसकेको छ भने पोल्याण्डमा सैनिक टोली तयारी अवस्थामा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री