जेल पर्नबाट बचे टेनिस स्टार राडुकानुलाई पछ्याउने नेपाली युवा

लण्डन। यूएस ओपन विजेता व्रिटिश टेनिस खेलाडी एम्मा राडुकानुलाई पछ्याएको अभियोगमा दोषी ठहरिएका नेपाली युवा जेल पर्नबाट जोगिएका छन्।

लण्डनको ब्रोमली म्याजिष्ट्रेट कोर्ट्मा आज सजायँ सुनाउँदै न्यायाधीश सुशीलकुमारले अमृत मगरलाई पाँच वर्षसम्म राडुकानुलाई पछ्याउन प्रतिबन्ध लगाएका छन् ।

यस्तै, उनलाई १८ महिनाको कम्यूनिटी अर्डर दिइएको छ भने २०० घण्टा विना ज्याला काम गर्न आदेश दिइएको छ । उनले विद्युतीय डिभाइस लगाउनु पर्नेछ जसले उनी कहिले कहॉ गए रेकर्ड राख्नेछ।

उनले दुईसाता बेलुका ९ बजेदेखि बिहान ६ बजेसम्म घरमै बस्नपर्ने कर्फ्यु आदेश पनि जारी भएको छ ।

राडुकानु बसेको सड़क,  अभ्यास गरेको स्थल वा  खेल खेलेको स्थानको एक माइलभित्र जान उनलाई निषेध गरिएको छ ।

यसैगरी उनलाई राडुकानु र राडुकानुका अभिभावकहरूलाई सम्पर्क गर्न बन्देज लगाइएको छ ।

उत्तर पश्चिमी लण्डनमा बस्ने अमृत मगर राडुकानुले युएस ओपन जितेपछि २३ माइल टाढा राडुकानुको घरमा पटकपटक पुगेका थिए । उनको ज्यादतिका कारण राडुकानु पुरानो बसोबास छोडेर नयाँ घरमा सर्नु परेको थियो ।

अमृतलाई गत महिना अदालतले दोषी साबित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री