न्यूयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदाय पछि हट्नु नहुने बताउनुभएको छ ।
गुटेर्रेसले न्यूयोर्कमा सञ्चारमाध्यमहरूले यूक्रेन सङ्कटबारे सम्प्रेषित प्रतिक्रियाबारे आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभयो, “यो चुनौतीको सामना हामीले शान्तिका लागि र यूक्रेन र त्यसभन्दा बाहिरका जनतालाई युद्धको भूमरीबाट बचाउन हुने पहलबाट हुनुपर्छ । यो छलफल र वार्ताको पहल गर्ने समय हो ।”
थप रक्तपात विना यस सङ्कटलाई समाधान गर्ने सबै प्रयासमा आफू ‘पूर्ण प्रतिबद्ध’ भएको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघ प्रमुखले युक्रेनको सम्बन्धमा भएका नवीनतम घटनाहरूबाट आफू ‘गम्भीररूपमा चिन्तित’ भएको उहाँले बताउनुभयो ।
हालका वर्षहरूमा युक्रेनको स्थिति ‘सबैभन्दा ठूलो विश्वव्यापी शान्ति र सुरक्षा सङ्कट’ को अवस्थामा रहेको बताउँदै गुटेर्रेसले युक्रेनमा भएका नवीनतम घटनाहरूले सम्पूर्ण अन्तर्राष्ट्रिय प्रणालीको परीक्षण गरिरहेको बताउनुभयो ।
युक्रेनको सम्बन्धमा भएका नवीनतम घटनाहरूले आफूलाई चिन्तित पारेको भन्दै गुटेरेसले सम्पर्क लाइनमा बढ्दो युद्धविराम उल्लङ्घन र ‘युद्धविराम उल्लङ्घन थप वृद्धिको वास्तविक जोखिम’ बारे सबैको सकारात्मक चासो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
डोनेट्स्क र लुहान्स्क क्षेत्रका कतिपय क्षेत्रको ‘स्वतन्त्रता’ लाई मान्यता दिने रूसको निर्णयको उहाँले आलोचना गर्नुभयो ।
“मलाई स्पष्ट पार्नुहोस, डोनेट्स्क र लुहान्स्क क्षेत्रका केही क्षेत्रहरूको तथाकथित ‘स्वतन्त्रता’ मान्यता दिने रूसी संघको निर्णय युक्रेनको क्षेत्रीय निष्ठा र सार्वभौमिकताविरूद्ध छ’’, उहॉले भन्नुभएको छ ।
गुटेरेसले यस्तो एकपक्षीय निर्णय संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरूसँग प्रत्यक्ष रूपमा बाझिने मात्र होइन, साधारण सभाको स्वघोषित मित्रवत सम्बन्ध घोषणासँग पनि मेल नखाने बताउनुभयो ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग