बेलायतद्वारा रूसका पॉच बैंकमाथि प्रतिबन्ध

लण्डन ।रूसले युक्रेनका दुई स्वघोषित सरकारहरूलाई मान्यता दिएपछि बेलायतले रूसमाथि प्रतिबन्ध लगाउन शुरू गरेको छ ।

बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले मंगलवार रुसमाथि प्रतिबन्ध लगाएको बताएका छन् ।

उनले पाँच रूसी बैंक र तीन अर्बपतिविरुद्ध प्रतिबन्ध घोषणा गरेका छन् ।

बेलायतको यो कदम रुसले युक्रेनका पृथकतावादीको नियन्त्रण भएको दुई क्षेत्रलाई अलग देशको मान्यता दिई त्यहाँ सैनिक पठाउने निर्णय पछि आएको हो।

बेलायका प्रधानमंत्री जोनसनले रुसको यो कदम युक्रेनमाथि नयाँ आक्रमणको बराबर भएको बताए ।

रुसले  युक्रेनका केही भाग सन् २०१४ मा आफ्नो कब्जामा लिएको थियो ।
जोनसनले यूक्रेनमा अवस्था बिग्रिए नयाँ प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री