ओस्लो । नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले नर्वेले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्धअन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन्।
विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा भने, “हामी [तालिबान] लाई मान्यता दिन अनिच्छुक छौं र त्यसो गर्दैनौं ।”
अफगानिस्तानमा तालिबानको सत्ता आरोहण अगस्टको मध्यमा भएको थियो । त्यसयता अफगानिस्तानमा आर्थिक अव्यवस्था र गम्भीर मानवीय सङ्कट निम्त्यिएको छ।
सेप्टेम्बरको शुरुमा तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो ।
अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनर्स्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै पनि त्यसले अन्तरराष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छैन।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप