काठमाडौँ । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तर्राष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ ।
कोभिड महामारीको सङ्क्रमण दर घटेको र जोखिम कम रहेको भन्दै सङ्घले विज्ञप्तिमार्फत कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो । विश्वभरि नै कोभिड सङ्क्रमण घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको सङ्घको दाबी छ ।
“छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य युरोपियन मुलकले हवाईयात्राका लागि पिसीआर परीक्षणको अनिवार्यता हटाइसकेकाले नेपालमा पनि सोही अनुरुप पर्यटकका लागि सजिलो हुने गरी पिसीआर परीक्षण र सिसिएमसीको फाराम भर्नुपर्ने प्रावधान तत्कालै हटाइ पर्यटन उद्योगलाई राहत प्रदान गर्न सङ्घ सरकार समक्ष अनुरोध गर्दछ’’, विज्ञप्तिमा भनिएको छ ।
महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्यौल र अनिश्चिततामा रुमल्लिएको छ । झण्डै दुई वर्षमा विदेशी पर्यटकको आगमनमा निकै ह्रास आएकाले यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्ति पलायन हुने अवस्था रहेको सङ्घले औँल्याएको छ । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित २९ वटा वायुसेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ