
टोकियो। जापानले मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई खुकुलो बनाउने बताएको छ । यद्यपि पर्यटकका लागि भने अझै पनि रोक लगाइने प्रधानमन्त्री फुमिओ किशिदाले बिहीबार बताउनुभएको छ ।
यो कदम व्यापारिक समुदाय र शिक्षाविद्हरूबाट जापानलाई सीमा प्रतिबन्ध खुकुलो पार्न बढ्दो दबाबपछि चालिएको हो । जी–७ राष्ट्रहरूले कोभिड नियन्त्रणका लागि प्रतिबन्धहरूलाई तत्काल हटाइहाल्न नहुने बताइरहेका समय भएको निर्णयलाई जापानी नागरिकबाट व्यापक समर्थन मिल्ने देखिएको छ ।
जापानले यस महामारीको प्रारम्भिक दिनदेखि नै पर्यटकहरूलाई रोकेको छ । कतिपय अवस्थामा जापानमा बसोबास गर्दै आएका विदेशी बासिन्दाहरूलाई समेत देशभित्र प्रवेश गर्नबाट रोक लगाउँदै आइएको छ ।
गत नोभेम्बरमा, सरकारले केही विद्यार्थी तथा व्यापारीहरूलाई प्रवेश गर्न अनुमति दिनका लागि नियमहरूलाई सामान्य खुकुलो पारेको थियो तर कोरोना भाइरसको नयाँ विकसित ओमिक्रोन नामक भेरिएन्टका कारण तत्काल यस योजनालाई उल्ट्याएको थियो ।
विशेषज्ञहरूको भनाइअनुसार ओमिक्रोनका कारण संक्रमितहरूको सङ्ख्या उच्च बनेपछि जापानमा अहिले स्वास्थ्य संस्थाहरूमा विरामीहरूको चाप बढेको छ ।
पर्यटनका लागि आउनेबाहेक नयाँ आगन्तुकलाई मार्च १ देखि प्रवेश अनुमति दिने किशिदाले बताउनुभयो । अहिले तीन हजार ५०० देखि पाँच हजारसम्म दैनिक प्रवेशाज्ञा दिइने उहाँले बताउनुभयो ।
आप्रवासन मामिला हेर्ने एक निकायका अधिकारीले एएफपीलाई बताएअनुसार जापानले जनवरी ४ सम्ममा आफ्नो मुलुकमा प्रवेश गर्न पर्खिरहेका चार लाखभन्दा बढी विदेशीहरूको प्रवेशाज्ञाका लागि अनुमति दिइसकेको छ ।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप