बेलायतद्वारा नेपाललाई २१ लाख डोज कोरोनाविरुद्धको खोप प्रदान

काठमाडौं । बेलायतले नेपाललाई थप २१ लाख डोज कोरोना खोप उपलब्ध गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप हस्तान्तरण गरिन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट कोभ्याक्सअन्तर्गत सो खोप सहयोग गरिएको बताइन् ।

मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो अन्तर्राष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।

भेटघाट कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री