लन्डन। बेलायती प्रहरीले एक साउदी व्यापारीसँग सम्बन्धित सम्मानस्वरूप प्राप्त नगद भनिएको मुद्दामा राजकुमार चार्ल्सको परोपकारी संस्थामाथि छानबिन शुरु गरेको बताएको छ ।
यो निर्णय सेप्टेम्बर २०२१ को पत्रको मूल्यांकनपछिको हो ।
यो सम्मानबारे सञ्चारमाध्यममा आएको रिपोर्टमा राजकुमार चार्ल्सको संस्थालाई दिइएको दानको बदलामा एक साउदी नागरिकका लागि सम्मान र नागरिकता प्राप्त गर्न सहायताको प्रस्ताव गरिएको आरोप लगाइएको लण्डन प्रहरीले जनाएको छ ।
आरोपहरूको आन्तरिक जाँचपछि गत वर्ष ‘द प्रिन्स फाउन्डेशन’का प्रमुखले राजीनामा दिएका थिए ।
यस फाउन्डेसनका प्रमुख कार्यकारी माइकल फासेटले सुरुमा एक साउदी नागरिकसँग आफ्नो सम्बन्धबारे अखबारको खुलासापछि आफ्नो जिम्मेवारी निलम्बन गर्न सहमत भएका थिए ।
ती व्यक्ति, व्यापारी महफूज मारे मुबारक बिन महफूजले राजकुमार चार्ल्सलाई उहाँको रोजाइको एक पुनः स्थापना परियोजनाका लागि ठूलो रकम अनुदान दिएको दावी गरिएको छ ।
दशकौंदेखि रानी एलिजाबेथ द्वितीयको उत्तराधिकारीको नजिक रहेका ‘प्रिन्स अफ वेल्स’का भूतपूर्व निजी सहयोगी फाउसेटले महफूजको लागि शाही सम्मान र बेलायती नागरिकतासमेत प्रदान गर्न समन्वय गरेको आरोप लगाइएको छ ।
रिपोर्टअनुसार महफूजले कुनै पनि गलत काम नभएको भन्दै आरोपको खण्डन गरेका थिए ।
राजकुमार चार्ल्सको फाउन्डेसनले बेरोजगार मानिसहरूलाई काममा फर्कन र साना व्यवसायहरू सुरु गर्न मद्दत गर्छ ।
संस्थाले दाबीहरूलाई ‘अत्यन्तै गम्भीरतापूर्वक’ लिएको बताएको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन