लण्डन । बेलायती राजकुमार आण्ड्रयू र उनीमाथि यौन दुर्व्यबहारको आरोप लगाउने भर्जिनिया रोबर्ट्स जियोफ्रेबीच मेलमिलाप भएको छ ।
बेलायती महारानीका माहिला छोरा आण्ड्रयूमाथि रोबर्ट्सले अमेरिकी डिस्ट्रिक्ट अदालतमा यौन दुर्ब्यवहारको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । सो मुद्दालाई अघि बढ्न नदिन राजकुमार आण्ड्रयूका तर्फबाट विभिन्न कोसिस भए पनि अन्तत मुद्दा अगाडी बढेको थियो ।
मंगलबार राजकुमार आण्ड्रयू तथा भर्जिनिया जियोफ्रेका वकिलहरुले आफूहरु बीच मेलमिलाप भएको अदालतमा ओैपचारिक निवेदन दिएका छन् । जसमा राजकुमार आण्ड्रयूले यौन बेचबिखनकर्ता जेफ्री इप्स्टिनसितको संगतका बारेमा पश्चाताप गरेका छन् भने यौन बेचबिखनका विरुद्धमा लड्ने पनि बताएका छन् । राजकुमारले भर्जिनियाको च्यारिटीमा निकै ठूलो राशी दान गर्ने बताइएको छ तर कति भन्ने खुलाइएको छैन ।
भर्जिनियाले आफू १७ वर्षको छँदा करिब २० वर्षअघि राजकुमार आण्ड्रयूले जेफ्री इप्स्टिनमार्फत आफूसित तीनपटक यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन् । अमेरिकी कानुनअनुसार १७ वर्षकी किशोरीसित यौन सम्बन्ध राख्नु गैरकानुनी थियो । तर राजकुमार आण्ड्रयूले भने आफूमाथि लगाइएको आरोप इन्कार गर्दै आएका छन् ।
यो मुद्दाका कारण राजकुमार आण्ड्रयूलाई बेलायतको शाही जिम्मेवारीबाट अलग गरिएको छ भने उनले मुद्दामा लाग्ने खर्च जुटाउनका लागि निजी पानीजहाज पनि बेचेका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’