राजकुमार आण्ड्रयूमाथि लागेको यौन दुर्ब्यवहारको मुद्दा मेलमिलापमा टुङ्गियो

लण्डन । बेलायती राजकुमार आण्ड्रयू र उनीमाथि यौन दुर्व्यबहारको आरोप लगाउने भर्जिनिया रोबर्ट्स जियोफ्रेबीच मेलमिलाप भएको छ ।

बेलायती महारानीका माहिला छोरा आण्ड्रयूमाथि रोबर्ट्सले अमेरिकी डिस्ट्रिक्ट अदालतमा यौन दुर्ब्यवहारको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । सो मुद्दालाई अघि बढ्न नदिन राजकुमार आण्ड्रयूका तर्फबाट विभिन्न कोसिस भए पनि अन्तत मुद्दा अगाडी बढेको थियो ।

मंगलबार राजकुमार आण्ड्रयू तथा भर्जिनिया जियोफ्रेका वकिलहरुले आफूहरु बीच मेलमिलाप भएको अदालतमा ओैपचारिक निवेदन दिएका छन् । जसमा राजकुमार आण्ड्रयूले यौन बेचबिखनकर्ता जेफ्री इप्स्टिनसितको संगतका बारेमा पश्चाताप गरेका छन् भने यौन बेचबिखनका विरुद्धमा लड्ने पनि बताएका छन् । राजकुमारले भर्जिनियाको च्यारिटीमा निकै ठूलो राशी दान गर्ने बताइएको छ तर कति भन्ने खुलाइएको छैन ।

भर्जिनियाले आफू १७ वर्षको छँदा करिब २० वर्षअघि राजकुमार आण्ड्रयूले जेफ्री इप्स्टिनमार्फत आफूसित तीनपटक यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन् । अमेरिकी कानुनअनुसार १७ वर्षकी किशोरीसित यौन सम्बन्ध राख्नु गैरकानुनी थियो । तर राजकुमार आण्ड्रयूले भने आफूमाथि लगाइएको आरोप इन्कार गर्दै आएका छन् ।

यो मुद्दाका कारण राजकुमार आण्ड्रयूलाई बेलायतको शाही जिम्मेवारीबाट अलग गरिएको छ भने उनले मुद्दामा लाग्ने खर्च जुटाउनका लागि निजी पानीजहाज पनि बेचेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री