बल्ल चल्न थाल्यो नेपालको रेल

जनकपुरधाम । नेपाल सरकारले दुई वटा रेल खरिद गरेको झण्डै १७ महिनापछि कुर्था–जयनगर रेल सेवा नियमित रुपमा संचालन सुरु भएको छ ।

आइतबारदेखि नियमित संचालनमा आएका  कुर्था– जयनगर रेल सेवा अहिले ड्राईरन अर्थात यात्रु बिना दैनिक एक पटक नियमित रुपमा संचालन गरिने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

भारतीय सरकारको रेल्वे कम्पनी केआरसीएलका डिजिएम इनायत हुसेनको नेतृत्वको टोलीमा रहेका रेल चालक देवनारायण राय धनुषाको ईनवाबाट रेल गुडाएर कुर्थासम्म ल्याएका थिए । साढे ९ बजेदेखि ईनवाबाट गुडेको रेल करिव साढे ११ बजे जनकपुरको हल्टमा पुगेको थियो ।

रेल्वे ट्रयाक नयाँ भएको र सर्वसधारणमा अझै जनचेतना नभएर कुनैपनि बेला ट्रयाकमा आउने सक्ने भएकोले विस्तारै आएको उनले बताए । रेल नियमिति रुपमा संचालन भएको खण्डमा बढी एक घटनाभन्दा कम समयमा कुर्था–जयनगरसम्म पुग्न सक्ने चालक रायले बताए ।

कुर्था–जयनगर सम्म बनाइएको ट्रयाकमा बढीमा प्रतिघण्टा ११० किलो मिटरको गतिमा रेल कुदाउन सक्ने बताउँदै चालक रायले भने,‘यो रेलको इन्जिनले प्रति घण्टा १४० किलो मिटरको स्पीडमा चल्ने क्षमता छ । तर ट्रयाकको त्यो क्षमता छैन । फेरि नजिकै नजिकै हल्ट र स्टेशन भएकोले पनि सिमिति गतिमा रेल चलाउन चालकलाई वाध्यात्मक अवस्था हुन्छ ।’

नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि मात्रै दैनिक तीन पटक यात्रुसहित संचालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

रेल संचालनको समय पटक–पटक तोकिएपनि त्यो समय फेल हुँदै आएको थियो । तर भोलि आइतबारदेखि रेल सेवा नियमित रुपमा संचालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयननर– विजलपुर– बर्दिवास सम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर– कुर्थासम्म  ३२ किलोमिटर रेल संचालनको भएको हो ।

आजदेखि रेल संचालनमा अब यो नियमित रुपमै संचालन हुन्छ, महाप्रबन्धक झाले भने,‘ फागुनको दोस्रो सप्ताह भित्रैमा उद्घाटन गराई संचालन गर्ने हाम्रो तयारी छ । तर त्यसका लागि नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीज्यूलाई समय मिलाई दिन हामी सरोकारबालासँग अनुरोध गरेका छौँ ।’ अहिले भारतीय पक्षमा २६ जना कर्मचारी मध्ये १४ जना मात्रै आएको छ, उनले उनले भने,‘रेल उद्घाटनको समय निश्चित भएपछि ती सबै कर्मचारी आउँछन्, हाम्रो ५९ जना कर्मचारी पनि तयार छ ।’

यसैबीच, रेल सेवा नियमित रुपमा संचालन भएपछि तत्काल त्यसको सुरक्षाका लागि सशस्त्र प्रहरीका डिसपीको कमाण्डमा १ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरले रेलको इन्जिनदेखि ट्रयाक तथा भौतिक संरचनाहरुको सुरक्षाका लागि तत्काल सशस्त्रका एक सय जना सुरक्षाकर्मी परिचालन गरिएको बताए । डिएसपीको नेतृत्वका हाम्रो टोली परिचालन गरिएको छ, उनले भने,‘ थप सुरक्षाकर्मीको आवश्यकता परेको खण्डमा धनुषा र महोत्तरीका दुवैका सशस्त्रका एसपी साहेबहरुसँग समन्वय गर्ने गरी निर्देशन गरेका छौं ।’

रेल्वे संचालनसम्बन्धी ऐन आएपनि त्यसको कार्यान्वयनका लागि नियमावली र कार्यविधि नबनेको अवस्थामा अहिले प्रचिलत कानुनअनुसार नै रेल्वेमा क्षति पुर्याउने कार्यवाही हुने उनले बताए । रेल्वको सुरक्षामा खटेका सशस्त्र प्रहरीलाई रेल्वेका हुन सक्ने घटना र त्यसको नियन्त्रणको विषयमा भारतीय पक्षले तालिम दिएको महाप्रबन्धक झाले बताए ।
सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर– भंगहा– बर्दिवास रेल सेवा संचालनको लागि सहमति भएको थियो ।

नेपाल सरकारले जग्गा उपल्बध गराउने र निर्माण सम्बन्धी सम्पूर्ण जस्तै ट्रयाक निर्माण, स्टेशन भवन, हल्ट, पुल पुलेसा, खानेपानी, विद्युत लगायतका सम्पूर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ ।

भारत सरकारको सहयोगमा निर्माण हुने जयननर–विजलपुर–बर्दिवाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर– कुर्थासम्म ३२ किलोमिटर रेल संचालनको आवश्यक पूवार्धार तयार भइसकेको रेल्वेका जनकपुरका साईट इन्जिनियर विनोद ओझाले बताए। कुर्था–देखि भंगहा सम्मको काम अगामी दुई महिना सकिने र भंगहादेखि बर्दिवाससम्म अगामी ४ वर्षमा रेल सेवा विस्तार हुनसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री