लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको स्वास्थ्य विभाग गठन भएको छ ।
विभाग प्रमुखमा फिलिपिन्समा एमडी पूरा गरी हाल ग्लोबल पब्लिक हेल्थमा मास्टर्स गरिरहनु भएको डा विशाल गुरुङ चयन हुनु भएको छ।विभागमा चार जना सल्लाहकार रहेका छन् जसमा ओरल एन्ड मैक्सिलो फेसियल सर्जन विशेषज्ञ र अन्कोलोजीमा एमएस्सी गर्नुभएका डा सुनिल साह, ल्यापार्सकोपिक सर्जन विशेषज्ञ तथा नेपलिज डक्टर्स एसोसियसन युकेका अध्यक्ष डा कमल अर्याल, वाटर एड युकेका सिनियर वास म्यानेजर तथा पब्लिक हेल्थमा पीएचडी गर्नुभएका डा ओम प्रसाद गौतम र नेपलिज डक्टर्स एसोसियसनका पूर्व अध्यक्ष मनोचिकित्सा विशेषज्ञ डा चुडा कार्की हुनुहुन्छ।
विभागका संयुक्त संयोजकका रुपमा नेपलिज नर्सिङ एसोसिएसन युकेका अध्यक्ष सुनिता थापा गौतम, गैरआवासीय नेपाली संघ बेलायतका सदस्य एवम् ट्रेनी नर्स इन्दिरा खनियाँ चयन हुनुभएको छ । यस्तै डेन्टल नर्सिङका ट्रेनी अन्जु कुँवर सुवालले विभागको सचिव पद सम्हाल्नु हुनेछ भने सफ्टवेयर डिभलोपर बलराम सुबेदीले डिजिटल एन्ड टेक्निकल लिडको भूमिका निर्वाह गर्नु हुनेछ । विभागका अन्य सदस्यहरुमा नेप्लिज नर्सिङ एसोसिएसन युकेका सदस्य माया केसी बोहोरा र सिनियर हेल्थ केयर एसिस्टेन्ट एवम् मेडिसिन एडमिनिस्ट्रेटरका रुपमा कार्यरत सुश्री विष्णु राना सामेल रहनु भएको छ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी