लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको स्वास्थ्य विभाग गठन भएको छ ।
विभाग प्रमुखमा फिलिपिन्समा एमडी पूरा गरी हाल ग्लोबल पब्लिक हेल्थमा मास्टर्स गरिरहनु भएको डा विशाल गुरुङ चयन हुनु भएको छ।विभागमा चार जना सल्लाहकार रहेका छन् जसमा ओरल एन्ड मैक्सिलो फेसियल सर्जन विशेषज्ञ र अन्कोलोजीमा एमएस्सी गर्नुभएका डा सुनिल साह, ल्यापार्सकोपिक सर्जन विशेषज्ञ तथा नेपलिज डक्टर्स एसोसियसन युकेका अध्यक्ष डा कमल अर्याल, वाटर एड युकेका सिनियर वास म्यानेजर तथा पब्लिक हेल्थमा पीएचडी गर्नुभएका डा ओम प्रसाद गौतम र नेपलिज डक्टर्स एसोसियसनका पूर्व अध्यक्ष मनोचिकित्सा विशेषज्ञ डा चुडा कार्की हुनुहुन्छ।
विभागका संयुक्त संयोजकका रुपमा नेपलिज नर्सिङ एसोसिएसन युकेका अध्यक्ष सुनिता थापा गौतम, गैरआवासीय नेपाली संघ बेलायतका सदस्य एवम् ट्रेनी नर्स इन्दिरा खनियाँ चयन हुनुभएको छ । यस्तै डेन्टल नर्सिङका ट्रेनी अन्जु कुँवर सुवालले विभागको सचिव पद सम्हाल्नु हुनेछ भने सफ्टवेयर डिभलोपर बलराम सुबेदीले डिजिटल एन्ड टेक्निकल लिडको भूमिका निर्वाह गर्नु हुनेछ । विभागका अन्य सदस्यहरुमा नेप्लिज नर्सिङ एसोसिएसन युकेका सदस्य माया केसी बोहोरा र सिनियर हेल्थ केयर एसिस्टेन्ट एवम् मेडिसिन एडमिनिस्ट्रेटरका रुपमा कार्यरत सुश्री विष्णु राना सामेल रहनु भएको छ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन