न्युयोर्क ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली तानाशाह किम जोङ उनसँगको सम्पर्कमा रहेको आफ्ना साथीहरुलाई बताएका छन् । पूर्व राष्ट्रपतिबारे लेखिएको नयाँ पुस्तक ट्रम्प दी कन्फिडियन्स मेन मा लेखकले यस्तो खुलासा गरेकी हुन् ।
किम ट्रम्पको सम्पर्कमा रहेका एक मात्र विदेशी नेता रहेको हुन सक्ने पत्रकार तथा लेखक म्यागी ह्याबरम्यानले बताएकी छन । तर, उनले यो पनि भनेकी छिन कि दाबी प्रमाणित गर्न नसकिने वा सत्य नहुन पनि सक्छ ।
दुई जनाबीच पत्र आदान प्रदान गरेपछि आफू र किम ‘प्रेममा परेको’ ट्रम्पले सन् २०१८ मा बताएका थिए । तर, कोरियाली प्रायद्धीप निशस्त्र पार्ने बारेमा सम्झौता गर्न उनीहरु बिफल भएका थिए ।
आणविक र मिसाईल कार्यक्रमका कारण अन्तर्राष्ट्रिय समुदायबाट एक्लिदै गएको उत्तर कोरियालाई मनन गर्दा पूर्वराष्ट्रपति ट्रम्प र किमबीचको संवादलाई अत्यधिक अस्वभाविक मानिनेछ । राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गर्दै उत्तर कोरियाले व्यालिस्टिक मिसाइल परीक्षण गरेको छ ।
‘हामीले जानेअनुसार यो सम्बन्धमा ट्रम्पको उन्माद (लत) थियो’ न्युयोर्क टाइम्सका पत्रकारसमेत रहेकी ह्याबरम्यानले सीएनएनसँग भनिन् ।
‘ट्रम्पले के भन्छन र वास्तवमा के भइरहेको छ भन्ने कुरा हमेशा कन्सर्टमा हुन्न । तर, उनले किमसँग पत्र व्यवहार वा छलफल कायम राखेको ट्रम्पले मानिसहरुलाई बताउँदै आएका छन्,’ उनले भनेकी छिन् ।
उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले किमसँग दुई पटकसम्म शिखर वार्ता गरेका थिए, यद्यपी दुबै वार्ता बिना निस्कर्ष टुंगिएका थिए ।
राष्ट्रपतिहरुको रेकर्ड अभिलेख संरक्षणको व्यवस्थान गर्ने सरकारी निकाय नेसनल अर्काइभ्सले गत महिना ट्रम्पबाट पुनः प्राप्त भएका १५ बक्स पत्रमा किमबाट प्राप्त पत्राचारलगायतका कागजात छन् ।
ह्वाइटहाउस छोड्ने बित्तिकै ती कागजपत्र नेसनल अर्काइभ्सलाई फर्काउनु पर्थ्यो । तर, त्यसलाई फ्लोरिडास्थित उनको आवासमा लगिएको थियो ।
वासिंगटन पोस्टका अनुसार ह्वाईटहाउसमा ट्रम्पको रेकर्ड ह्यान्डलिङबारे जाँच गर्न नेसनल अर्काइभ्सले कानुन मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, यसबारे कानुन मन्त्रालयले कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।
यसैबीच, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको एउटा समितिले ट्रम्पका कागजातमाथि छानविन सुरु गरेको जनाइएको छ ।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप