लण्डन । संयुक्त अधिराज्यका युवराज चार्ल्स दोस्रोपटक कोरोना संक्रमित भएका छन् ।
उनलाई कोरोना संक्रमण भएको विहीबार बिहान पुष्टि भएको थियो । युवराज चार्ल्सले कोरोना संक्रमित भएको पुष्टि भएको दुई दिनअघि मात्र उनकी आमा बेलायती महारानी एलिजावेथ द्वितीयासित भेट गरेको बताइएको छ तर महारानीलाई भने कोभिडको कुनै लक्षण हालसम्म नदेखिएको राजदरबारले बताएको छ ।
युवराज चार्ल्सलाई पहिलो वेभका बेला सन् २०२० मा पनि कोरोना संक्रमण देखिएको थियो ।
तीनवटै खोप लगाइसकेका उनलाई कोभिडको लक्षण सामान्य देखिएको बताइएको छ तर उहाँकी श्रीमती कमिलालाई भने कोभिड संक्रमण देखिएको छैन ।
बेलायतको कोभिडसम्बन्धी नियमअनुसार अब उनले १० दिन आइसोलेसनमा बस्नुपर्ने छ तर दोस्रोपटक ल्याटरल फ्लो टेष्ट गर्दा नेगेटिभ भएमा त्यसअघि नै उनी बाहिर आउन पाउनेछन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?