कमल थापाले नयाँ दल दर्ता गर्ने

उपप्रधान एवं ऊर्जा मन्त्री कमल थापा शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौं । राप्रपा परित्याग गरेका कमल थापाले आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने भएका छन् ।

बिहीबार राजधानीमा बसेको बसेको थापा समूहको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।

आज बसेको बैठकले चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी उनी निकट नेता राजाराम बर्तौलाले जानकारी दिए । हिन्दुत्व, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्न नेता थापालाई जिम्मेवारी दिइएको छ ।

फागुन पहिलो साताभित्र दल दर्ता गरिसक्ने गरी थापा समूहले तयारी थालेको छ ।

बैठकमा थापाले पार्टीको नाम र चुनाव चिह्न प्रस्ताव गर्न आग्रह गरेकोमा राष्ट्रिय एकता पार्टी नेपाल नाम राख्नुपर्नेमा जोड दिइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री