काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वैधानिकता समाप्त भइसकेकाले पुनः साधारणसभा गर्न सहमति दिन नसकिने निर्णय गरेको छ ।
सङ्घले गत पुस २८ गते पुनः साधारणसभाका लागि निर्देशन माग गरेकामा संस्थाको वैधानिक कार्यकाल समाप्त भइसकेको र पटक–पटक तोकिएको मितिमा साधारणसभा नगरेको देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले पुनः साधारणसभा गर्नका लागि सहमति दिन नसकिने निर्णय गरेको हो ।
कार्यालयले वर्तमान कार्यसमितिको कार्यकाल गत असोज ७ गते समाप्त भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले गत असोज ७ गते जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना र भौतिक दूरी कायम गरी निर्वाचनसहितका साधारणसभा गर्न अनुमति दिएको थियो ।
त्यसलगत्तै सङ्घले भदौ २३ गते कार्यालयलाई पत्र लेख्दै दशैँ, तिहार र छठपर्व पर्न गएको अवस्था देखाई गत मङ्सिर २७ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । तोकिएको समयमा साधारणसभा नगरी विभिन्न कारण देखाउँदै फेरि कात्तिक २५ गतेको सङ्घको कार्यसमिति बैठकले पुस २३ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । सो समयमा पनि साधारणसभा नगरी पुस ३० गतेका लागि सारिएको थियो । सारिएको मितिमा पनि साधारणसभा भएको थिएन ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक