काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको रु ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु ३८ करोड १० लाख ४५ हजार ६६४ रोयल्टी तिर्नुपर्ने देखिएको छ ।
सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरे पनि उक्त होटलले नतिरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा उक्त होटल तथा क्यासिनो बन्द गराइएको हो । विसं २०६७ भदौ २० गते मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल)को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो ।
आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टी गरी रु ३८ करोड १० लाख ४५ हजार ६६४ नबुझाएपछि होटल बन्द गर्नाका साथै मिनी क्यासिनोको लाइसेन्स नै रद्द गरिएको मन्त्री आलेले जानकारी दिनुभयो । ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको पर्यटन विभाग होटल शाखाले जनाएको छ ।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप