जुम्ला । बलात्कारको आरोप लागेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँवरिुद्ध बाँके प्रहरीले जाहेरी दर्ता गर्न अनाकानी गरेको छ ।
बाँके प्रहरीमा २४ माघमै जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बलात्कार आरोपमा जाहेरी दिएकी थिइन । पीडित महिलाको जाहेरी तीन दिन बितिसक्दा पनि बाँके प्रहरीले दर्ता भने गरेको छैन । प्रहरीको ढिलासुस्तीले पीडितमाथि झन पीडा थपेको छ ।
पीडित महिलाले सांसद बानियाँले आफुलाई बलात्कार गरेको बिषयमा प्रहरी कार्यालय नेपालगंज बाँकेमा जाहेरी दिएको तर प्रहरीले दर्ता नगरेको बताइन । उनले भनिन्, ‘अहिले पनि जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर मुद्दा दर्ता भयो कि नाई भनेर सोधेर आएकी छु, तर प्रहरीले जाहेरी दर्ता भएजस्तै मान्नु भन्दै पठायो ।’
जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भने वहालवाला सांसदविरुद्धमा जाहेरी आएको र अहिले संसद चलिरहेको हुँदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले ढिलाइ भएको बताए । पीडितको जाहेरीमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउनु पर्ने हो । तर, अनुसन्धानको बहानामा आलटाल गरिरहेको पीडितको भनाइ छ । प्रहरीले मेडिकल जाँचदेखि घटनास्थल जाँच समेत भइसकेकाले मुद्दा दर्ता हुनेमा आशंकान नगर्न पीडितलाई आश्वासन दिएको छ ।
यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भइरहेको बताए । उनले घटना दर्ता गरिसकेपछि वा अघि अनुसन्धान हुने बताउँदै अनुसन्धानपछि मुद्दा दर्ता हुने बताए ।
बलात्कृत मात्रै होइन, ठूलो रकम लिएको छ : पीडित
पीडितले महिलाले न्याय दिलाउन अपील पनि गरेकी छिन् । उनले सांसद बानियाँले बालात्कार मात्रै नभइ २५ लाख रुपैयाँ समेत लिएको जाहेरीमा उल्लेख गरेकी छिन् । जाहेरीमा उल्लेख भएअनुसार ८ मंसिर २०७६ मा २५ लाख रुपैयाँ दिएकी थिइन ।
सांसद बानियाँले आफु काठमाडौंमा रहेको बेला संयुक्त व्यापार गर्ने क्षेत्रको खोजी गरिरहेको भन्दै आफुसँग पैसा मागेको उनले बताइन । उनले भनिन्, लामो समयसम्म व्यापारको कुनै काम नगरेको हुँदा रकम ब्याजजसहित फिर्ता दिनु भनेपछि चेक समेत दिएका थिए । तर, बैकमा चेक नसटेपछि नगद मागेको थिए ।’
बानियाँले नेपालगंजमा पैसा लिन बोलाएपछि आएको उनले बताएकी छिन् । ‘नेपालगंजको अप्सरा होटलको २१५ नम्बर कोठमा बेलुकीसम्म रकम दिने भनेर बस्न बध्ये पारेको र सोही होटलमा बसेका बानियाँले बिहान ५ बजे तपाईको रकम आयो ढोका खोल्नुहोस् भन्दै आएर बलात्कार गरे ।’ उनले भनिन् ।
बानियाँ मुगु जिल्लाबाट समानुपातिकतर्फबाट संघीय सांसद बनेका हुन् ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते