बेलायतमा आतङ्कवादी आक्रमणको खतरा घट्यो

लण्डन । बेलायतमा आतङ्कवादी आक्रमणको खतरा कम भएको छ ।
गृह मन्त्री प्रीति पटेलले बेलायतमा आतङ्कवादी आक्रमणको सम्भावना यसअघिको ‘सिभियर’ तलबाट ‘सब्स्ट्यान्सियल’ मा झारिएको बताएकी छिन् ।
यसको अर्थ हुन्छ यसअघि बेलायतमा आतङ्कवादी आक्रमणको खतरा ‘उच्च सम्भावना’ थियो भने अब ‘सम्भाव्य’ मात्र रहेको छ ।
उनले बेलायतको संयुक्त आतङ्कवाद विश्लेषण केन्द्रको निर्णयबमोजिम खतराको स्तर घटाइएको बताएकी छिन् ।
सन् २०२१ को अक्टोबर र नोभेम्बरमा बेलायतमा आतङ्कवादी आक्रमणपछि बेलायतमा खतराको स्तर बढाइएको थियो । अक्टोबरमा बेलायतका एक सांसदको छुरा हानी हत्या गरिएको थियो भने नोभेम्बरमा लिभलपुरमा अस्पताल परिसरमा कारमा विष्फोटक पदार्थ विस्फोट भएको थियो ।
बेलायतमा आतङ्कवादी आक्रमणको खतरालाई पाँच तहमा विभाजन गरिएको छ । जसमा कम, मध्यम, सन्तोषजक, जोडदार र संकटपूर्ण रहेका छन् । संयुक्त आतङ्कवाद विश्लेषण केन्द्रले खतराको स्तरको विश्लेषण गरी तह कायम गर्ने गर्छ ।
आतङ्कवादी आक्रमणको स्तर घटाइए पनि मानिसहरुलाई लापरवाह नगर्न मन्त्री पटेलले सचेत गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री