मेडिस्टन (यूके) । एनआरएनए इङ्ग्ल्याण्डको आयोजनामा भर्चुअल रनफेस्टमा भाग लिनको लागि फेब्रुअरी ९ सम्मको समय थप गरिएको छ ।
यस बारेमा जानकारी दिन शनिबार (५ फरवरी २०२२) गैरआवासीय नेपाली संघ (एनआरएनए), इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदले Ps पत्रकार सम्मेलन गर्दै भर्चुअल रनफेष्ट अन्तिम चरणको तयारीमा पुगेको र सहभागी हुनेहरूको संख्या बढिरहेकोले भाग लिनका लागि फेब्रुअरी ९ तारिखसम्म समय थप गरिएको बताइयो ।
प्रेस सम्मेलनमा बोल्दै एनआरएनए इङ्ग्ल्याण्डका अध्यक्ष एलबीजेड गुरूले ‘स्वास्थ्य नै धन’ भन्ने नाराका साथ रनफेष्टले मानसिक र शारीरिक स्वास्थ्यलाई थप मनोबल पुर्याउन सहयोग पुग्ने बताए । ‘महामारीका बेला सबैलाई शारीरिक र मानसिक रूपले तन्दुरुस्त बनाउन हामीले इभेन्ट आयोजना गरेका हौँ र भविष्यमा यसलाई अझ बृहत बनाउने र भौतिक रूपमै एभरेष्ट रन वा अरु कुनै पनि सबै समुदाय वा भाषीहरुलाई पनि सहभागिता गराउन सकिने नाममा निरन्तरता दिने सोँच रहेको छ’, अध्यक्ष गुरूङले भने । उनले यस रनफेस्टमा सहभागिता जनाएर सहयोग गर्न सबैलाई अपिल गरे ।
यसैगरी, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदको कार्यले संस्थागत गतिविधिलाई सिर्जनात्मक ढंगले बढाएको र सिंगो समुदायको स्वास्थ्यबारे चेतना जगाउन रनफेष्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो रनफेस्टले हामीलाई खेलकुदको माध्यमबाट स्थापति हुन थप सहयोग पुग्ने अध्यक्ष मगरले भने ।
प्रतियोगिताका संयोजक बलराम सुवेदीले स्वास्थ्यबारे जनचेतना प्रवाह गर्न र कोरोना महामारीको समयमा सबैलाई भयबाट मुक्त बनाउन रनफेष्टको आयोजना गरिएको बताए । उनले यूकेबाहेक जापान, यूरोप र अमेरिकाबाट पनि सहभागिता जनाउने गरी उत्साहजनक प्रतिक्रिया आएको बताए ।
उनले नेपाली समुदायबाट सहभागिताका लागि सबैभन्दा धेरै आवेदन दर्ता गरिएको समेत जानकारी दिए । रनफेष्ट ९९ प्रतिशत नेपाली मूलका समुदायबाट अनलाइन रजिष्टर भएको र फेष्टमा करिब पाँच सय जना सहभागी गराउने लक्ष्य रहेको जानकारी दिए ।
रनफेष्ट अन्तर्गत https://nrna-escc.org/sign-up/ मा गएर नाम दर्ता गर्न सकिने छ । दर्ता गरिसकेपछि फेब्रुअरी १५ तारिखसम्म एक पटक पाँच किलोमिटर दौडेर, हिँडेर वा साईकल गरेर रनफेस्ट पूरा गरेको प्रमाण सोही वेभसाइटमा गएर बुझाउनुपर्ने हुन्छ । दौड पूरा गरेका सबै सहभागीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।
बेक्स्ली नेपाली समाजबाट करिब ६० जनाले फेब्रुअरी तेस्रो साताभित्र दौडेर ऐक्यबद्धता जनाउन लागेको प्रवक्ता डा विशाल गुरूङले बताए । यसैगरी, विभिन्न नेपाली समाजहरूले समेत प्रत्यक्ष र सामूहिक रूपमा दौडेर रनफेष्टलाई प्रचार गर्दै सहयोग गर्ने तयारी गरिरहेको जानकारी दिए ।
पत्रकार सम्मेलनलाई सहसचिव अहिल्या कुँवरले सञ्चालन गरेका थिए भने प्रवक्ता डा विशाल गुरूङले स्वागत मन्तव्य राखेका थिए ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’