लण्डन । सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्ड केन्टले अफगान शरणार्थी बालबालिकाको पठनपाठनमा सहयोगका लागि पाँचवटा कम्प्युटर प्रदान गरेको छ ।
शुक्रबार आसफोर्ड काउन्सिलमा आयोजित एक कार्यक्रममा ती कम्प्युटरहरु कम्युनिटीले आसफोर्ड काउन्सिलका डेपुटी मेयर जेनी वेवलाई हस्तान्तरण गरेको थियो ।
सो अवसरमा कम्युनिटीका अध्यक्ष कप्रसाद छन्त्याल, वरिष्ठ उपाध्यक्ष डम्बर सिंगक, सचिव चन्द्र चेम्जोङ, महिला समितिका पूर्व अध्यक्ष राजदेवी गुरुङ, महिला समितिका प्रमुख सल्लाहकार बसुन्धरा राई, महिला समितिका सल्लाहकार अमृता लिम्बु, मिडिया सचिव अमित थेवे र सदस्य होमबहादुर लिम्बु सहभागी थिए । यस्तै काउन्सिलका तर्फबाट काउन्सिल लिडर जेरी क्लार्कसन, काउन्सिलका प्रमुख कार्यकारी अधिकृत ट्रेसी केर्ली र शरणार्थी सेटलमेन्ट टीमका सदस्यहरु उपस्थित थिए ।
कम्युनिटीका अध्यक्ष छन्त्यालले आसफोर्ड काउन्सिलले सो काउन्सिलमा अफगान शरणार्थीहरु बसोबासका लागि आइपुगेको र उनीहरुको बसोबासमा सहयोग गर्नमा नेपाली कम्युनिटीलाई पनि सहयोग गरिएकोले कम्युनिटीका तर्फबाट कम्प्युटर सहयोग गरिएको बताए ।
उनका अनुसार काउन्सिलका अनुरोध पछि कम्युनिटीले आफ्ना सदस्यहरुबाट स्वेच्छिक सहयोग संकलन गरी कम्प्युटर प्रदान गरिएको थियो ।
गत अगष्टमा तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि हजारौँले देश छाडेका थिए । त्यसक्रममा हजाराैँ युके आइपुगेका छन् र उनीहरु विभिन्न काउन्सिलहरुमा अस्थायीरुपमा बसोबास गरिरहेका छन् ।
कम्युनिटीले यसअघि पनि एनएचएसका लागि सहयोग संकलन गरी स्थानीय विलियम हार्भी अस्पताललाई हस्तान्तरण गरेको थियो भने हरेक वर्ष क्रिसमसमा खाना संकलन गरी घरबारविहीनहरुलाई प्रदान गर्ने गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा