लण्डन । सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्ड केन्टले अफगान शरणार्थी बालबालिकाको पठनपाठनमा सहयोगका लागि पाँचवटा कम्प्युटर प्रदान गरेको छ ।
शुक्रबार आसफोर्ड काउन्सिलमा आयोजित एक कार्यक्रममा ती कम्प्युटरहरु कम्युनिटीले आसफोर्ड काउन्सिलका डेपुटी मेयर जेनी वेवलाई हस्तान्तरण गरेको थियो ।
सो अवसरमा कम्युनिटीका अध्यक्ष कप्रसाद छन्त्याल, वरिष्ठ उपाध्यक्ष डम्बर सिंगक, सचिव चन्द्र चेम्जोङ, महिला समितिका पूर्व अध्यक्ष राजदेवी गुरुङ, महिला समितिका प्रमुख सल्लाहकार बसुन्धरा राई, महिला समितिका सल्लाहकार अमृता लिम्बु, मिडिया सचिव अमित थेवे र सदस्य होमबहादुर लिम्बु सहभागी थिए । यस्तै काउन्सिलका तर्फबाट काउन्सिल लिडर जेरी क्लार्कसन, काउन्सिलका प्रमुख कार्यकारी अधिकृत ट्रेसी केर्ली र शरणार्थी सेटलमेन्ट टीमका सदस्यहरु उपस्थित थिए ।
कम्युनिटीका अध्यक्ष छन्त्यालले आसफोर्ड काउन्सिलले सो काउन्सिलमा अफगान शरणार्थीहरु बसोबासका लागि आइपुगेको र उनीहरुको बसोबासमा सहयोग गर्नमा नेपाली कम्युनिटीलाई पनि सहयोग गरिएकोले कम्युनिटीका तर्फबाट कम्प्युटर सहयोग गरिएको बताए ।
उनका अनुसार काउन्सिलका अनुरोध पछि कम्युनिटीले आफ्ना सदस्यहरुबाट स्वेच्छिक सहयोग संकलन गरी कम्प्युटर प्रदान गरिएको थियो ।
गत अगष्टमा तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि हजारौँले देश छाडेका थिए । त्यसक्रममा हजाराैँ युके आइपुगेका छन् र उनीहरु विभिन्न काउन्सिलहरुमा अस्थायीरुपमा बसोबास गरिरहेका छन् ।
कम्युनिटीले यसअघि पनि एनएचएसका लागि सहयोग संकलन गरी स्थानीय विलियम हार्भी अस्पताललाई हस्तान्तरण गरेको थियो भने हरेक वर्ष क्रिसमसमा खाना संकलन गरी घरबारविहीनहरुलाई प्रदान गर्ने गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते