लण्डन । रोयल ग्रीनीच नेपाली सोसाइटीका अध्यक्ष जीत रानाभाट बेलायतमा आगामी मे महिनामा हुन गइरहेको स्थानीय निर्वाचनमा काउन्सिलरको उम्मेदवार भएका छन् ।
उनी नेपालीहरुको बाक्लो बसोबास भएको दक्षिण पूर्वी लण्डनको प्लमस्टिड तथा ग्लीनडन वडाबाट लेबर पार्टीका तर्फबाट उम्मेदवार बनेका हुन् ।
यो वडा लण्डनको ग्रीनीच काउन्सिलमा पर्दछ ।
ग्रीनीच लेबर पार्टीको विहीबार भएको बैठकले रानाभाटलाई काउन्सिलरको उम्मेदवार तय गरेको हो ।
साउथ इस्ट लण्डनमा परिवारसहित बसोबास गरिरहेका रानाभाट सन् २००८ मा हाई स्किल भिजामा बेलायत आएका थिए ।
उनी एनआरएन युकेमा २०१७-१९ कार्यकालमा कार्यसमिति सदस्य र १९-२१ मा सचिव पदमा निर्वाचित भएका थिए । उनले सो अवधिमा संस्थाको व्यापार प्रबर्द्धन विभागको संयोजकको जिम्मेवारी उनले सम्हालेका थिए ।
कोरोना संक्रमणका बेला नेपाली समुदायलाई सहयोग गर्न एनआरएन यूकेले चलाएको हेल्पडेस्कमा संयोजकको भूमिका रानाभाटले लिएका थिए । आरजीएनएसको कोभिड सहायता र जनगणना अभियानमा पनि उनी संयोजक थिए । दुवै काममा उनले सकृय भूमिका निर्वाह गरेका थिए । कोभिड महामारीमा गरेको सहयोगको कदर गर्दै रानाभाटलाई बीबीसी रेडियो लन्डनले ‘मेक अ डीफरेन्स हिरो’को रुपमा कदर गरेको थियो ।
आफ्नै व्यवसाय गर्दै आएका रानाभाटले नेपालको पोखरा युनिभर्सिटीबाट एमफिलसम्मको अध्ययन गरेका छन् ।
सामाजिक कार्यमा कृयाशील रानाभाटसित नेप्लिज प्रोफेसनल्स युके , यती नेपाली एशोसिएसन, क्षेत्री समाज युके, पशुपतिनाथ मन्दिर लगायतका संस्थामा काम गरेको अनुभव छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?