नेपाली समाज युकेको च्यारिटी रद्द, अधिवेसन कायमै

 

लण्डन । नेपालको जनता समाजवादी पार्टी निकटको नेपाली समाज युकेले यही फेब्रुअरी १२ मा आयोजना गरेको च्यारिटी डिनर रद्द गरिएको छ । ओमिक्रोन भेरियन्टका कारण कार्यक्रममा सहभागी हुनेहरुको स्वास्थ्य जोखिमलाई ख्याल गरेर सो कार्यक्रम रद्द गरिएको समाजले जनाएको छ ।

तर फेब्रुअरी १३ का दिन सम्पन्न हुने अधिवेसन भने कायमै रहेको समाजले जनाएको छ । सो अधिवेसनमा पार्टीका वरिष्ठ नेता अशोककुमार राई सहभागी हुने बताइएको छ ।
”दुवै दिन लगातार कार्यक्रम गर्दा ओमिक्रोन सर्ने धेरै सम्भावना भएको साथै अन्य विशिस्ट ब्यक्तिहरु, आधिकारिक संघ सस्थाबाट पनि रात्रिभोज रद्द गर्दा राम्रो हुन्छ भनी सुझाो आएको हुनाले विशेष स्वास्थलाई मध्यनजर गर्दै रात्रिभोज कार्यक्रम रद्द गरि महाधिवेसन मात्र सम्पन्न हुने जानकारी गराउँदछौँ” समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री