लण्डन । बेलायतमा लामो समयदेखि वित्तीय परामर्श सेवा दिँदै आइरहेका फाइनान्सियल एडभाइजर मिन दर्लामीमगर अब चार्टर्ड फाइनान्सियल एडभाइजर बनेका छन् ।
उनले हालै लण्डन इन्स्टिच्यूट अफ फाइनान्स एण्ड बैँकिङबाट सो परीक्षा उत्तीर्ण गरी चार्टर्ड फाइनान्सियल एडभाइजर बन्न सफल भएका हुन् ।
उनी सम्भवत बेलायतको पहिलो नेपाली चार्टर्ड फाइनान्सियल एडभाइजर हुन् ।
दर्लामीले पेन्सन ट्रान्सफर, ट्याक्स इफिसियन्ट इन्भेष्टमेन्ट एण्ड स्टेट प्लानिङ, इन्भेष्टमेण्टमा विशेष दक्षता हासिल गरेका छन् ।
फाइनान्सियल प्लानिङमा एडभान्स्ड डिप्लोमा गरी सम्बन्धित प्रोफेसनल्स निकायको सदस्य भएको र कम्तीमा पाँच वर्षको पेशागत अनुभव भएको व्यक्तिले चार्टर्ड फाइनान्सियल एडभाइजरको अध्ययन गर्न पाउँछन् ।
वित्तीय क्षेत्रमा कुनै पनि विषयमा विशेषज्ञता हासिल गर्नका लागि यस कोर्सको अध्ययन गर्ने गरिन्छ । चार्टर्ड उपाधि पाउनका लागि निकै कडा परीक्षा पार गर्नुपर्ने हुन्छ । चार्टर्ड एडभाइजरलाई राम्रो जानकारीसहितको वित्तीय योजना तथा सल्लाहका लागि विश्वसनीय मानिन्छ ।
चार्टर्ड फाइनान्सियल एडभाइजर बनेपछि सेवाग्राहीप्रति अतिरिक्त जिम्मेवारी र प्रतिवद्धता थपिएको उनले बताए । यस्तै सेवाग्राहीहरुले चार्टर्ड एडभाइजरको विशेषज्ञता र बृहत्तर जानकारीसहितको वित्तीय योजना तथा सल्लाह अझै ढुक्क भएर आफूसित सेवा लिन सक्ने दर्लामीले बताए ।
दर्लामी सन् २०१५ मा नै फाइनान्सियल एडभाइजर बनेका थिए । उनी लण्डनमा रहेको ए स्टार फाइनान्सियल सोलुसन्स सर्भिसेजका प्रबन्ध निर्देशक हुन् ।
सो कम्पनीमार्फत उनले इन्स्योरेन्स, पेन्सन, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुवै) तथा विल, बिज्नेस प्रोटेक्सन, इन्कम प्रोटेक्सन एण्ड फ्यामिली इन्कम विनिफिट्स र इन्भेष्टमेण्ट लगायतका विषयमा परामर्श दिँदै आएका छन् ।
टप टेन एडभाइजरमा ह्याट्रिक
यसैबीच, दर्लामी लगातार तेस्रो वर्ष टप टेन एड्भाइजर अवार्डबाट सम्मानित भएका छन् ।
बेलायतको फाइनान्सियल नेटवर्क क्षेत्रमा प्रतिष्ठित संस्था न्यू लिफ डिस्ट्रिव्यूसन लिमिटेडबाट उनी उक्त अवार्डले सम्मानित भएका हुन् । न्यू लिफको मातहतमा बेलायतमा करिब दुई सयभन्दा बढी वित्तीय, मोर्गेज एण्ड प्रोटेक्सन सल्लाहकारहरु कार्यरत छन् ।
दर्लामीले सन् २०१९, २०२० र २०२१ मा लगातार सो अवार्ड पाएका हुन् । यस्तै, उनले सन् २०२१ का लागि प्रोटेक्सन क्षेत्रमा टप एडभाइजरको अवार्ड पनि पाएका छन् । यस्ता अवार्डले आफूलाई आफ्नो क्षेत्रमा थप जिम्मेवार बनाएको दर्लामीले बताए ।
गुल्मी भार्सेमा जन्मिएका दर्लामी भार्से उच्च माध्यमिक विद्यालयबाट स्कुल तहको अध्ययन सकेपछि उच्च शिक्षाका लागि काठमाण्डौंमा आए । सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर (एमए) गरेपछि दर्लामी सन् १९९९ मा ट्राभल एण्ड हस्पिटालिटीमा पोस्ट ग्रयाजुएट गर्न स्वीट्जरल्याण्ड गए । साइप्रसबाट सन् २००१ मा एमबीए उत्तLर्ण गरेपछि उनी नेपालको पर्यटन बजार सम्बन्धमा विद्यावारिधि (पिएचडी) गर्न युके आए । उनले युकेमा प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स गरे ।
त्यसपछि उनी बिजनेश कार्यक्रम तथा प्रोजेक्ट व्यवस्थापनतिर संलग्न रहे । केही समय कलेज व्यवसायको समेत अनुभव लिएका दर्लामीले सन् २०१२ मा बेलायतमा शुरु गरेको ए स्टार फाइनान्सियल सोलुसन्स युके (शुरुवातको एक्सेस फाइनान्सियल सर्भिसेस) ले एक दशकको यात्रा पूरा गरिसकेको छ । लन्डन हयाङर लेनमा मुख्य कार्यालय रहेको ए स्टारले, आसफोर्ड, फार्नबोरो, रेडिङमा पनि शाखा खोली सेवा दिँदै आएको छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता