लण्डन । साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र खोप लगाएर मात्र कोरोना भाइरसको महामारी हट्न सक्ने बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपलिज डक्टर्स एसोसिएसन युके, नेपलिज नर्सिङ एसोसिएसन युकेसित मिलेर आयोजना गरेको अन्तरसम्वादमा बोल्दै उनीहरुले सो उपाय सुझाएका हुन् ।
कार्यक्रममा बेलायतमा कार्यरत जीपी (जनरल प्राक्टिसनर) डा. आरती थापाले भन्नुभयो, ”ह्याण्ड, फेस, स्पेश र भ्याक्सिनले मात्र महामारीबाट छुटकारा दिलाउन सक्छ अन्यथा यस्ता महामारीहरु आइरहन्छन् ।”
उनले साबुनपानीले कम्तीमा २० सेकेण्डसम्म हात धुने, मास्क लगाउने र एक आपसमा दुई मिटरको सामाजिक दुरी कायम गर्ने साथै कोरोनाभाइरसको खोपका डोजहरु लगाउन सबैलाई आग्रह गरिन् ।
अर्का कन्सल्ट्यान्ट डा. शम्भु आचार्यले पनि कोभिडलाई हेलचेक्रयाइँ गर्न नहुने तर यसबाट आत्तिन पनि नहुने बताए । नियमित व्यायाम गर्ने, सन्तुलित खाना खाने, पर्याप्त सुत्ने र खोप लगाएमा कोभिडबाट हुने असर धेरै कम गर्न सकिने उनको धारणा थियो । ‘खोपले आफूलाई त बचाउँछ नै आफ्नो परिवार, आफन्त, समाज, सिंगो राष्ट्र र विश्वलाई नै कोभिडबाट बचाउन मद्दत गर्छ’ उनको भनाइ थियो ।
एकै व्यक्तिले फरक-फरक खोप लगाउँदा मानिसहरुमा विभिन्न आशंका उत्पन्न भइरहेकोप्रति चिकित्सकद्वयले कुनै शंका-उपशंका नगर्न आग्रह गरे । ‘मिश्रित खोप लगाउँदा प्रतिरोधी क्षमता अझै राम्रो देखिएको विश्वास गरिएको छ’ दुवै जनाको राय थियो ।
खोप लगाउन नचाहने मानिसहरुले के कारण खोप लगाउन नचाहेका हुन् भन्ने बुझ्न पर्ने र त्यो कुरा पाएपछि उनीहरुको चिन्ता हटाउन सकिने डा. थापाले बताइन् । उनले बेलायतमा धेरै मानिसहरुले खोप लाइसकेको तर अझै कोही लगाउन बाँकी भए ‘वाक इन’ भ्याक्सिन सेन्टरमा सीधै गएर लगाउन सकिने पनि जानकारी दिइन् । खोपका बारेमा कुनै जिज्ञासा भए एनएचएस आप्सबाट वा ११९ नम्बरमा फोन गरेर विस्तृत जानकारी लिन सकिने पनि उनले बताइन् ।
डा. आचार्यले बेलायतमा खोप लगाउने दर राम्रो भएको बताउँदै नेपालमा भने खोपको सीमित उपलब्धताका कारण पनि खोप अभियान प्रभावकारी हुन नसकेको हो कि भन्ने आशंका व्यक्त गरे । उता डा. थापाले भने खोप अभियान सफल पार्न एउटा विशाल संगठन परिचालन गर्नपर्ने भएकाले राजनीतिक, चिकित्सकीय लगायत धेरै क्षेत्रको उत्तिकै संलग्नता र सक्रियता चाहिने बताइन् ।
कोभिड विरुद्ध खानेलगायत अन्य ओखती बजारमा आएको सन्दर्भमा डा. थापाले अहिले खाने ओखती छानिएका बिरामीलाई सोझै अस्पतालबाट दिइने गरिएको र जीपीले हालसम्म प्रेस्क्राइब नगरेको बताइन् भने डा. आचार्यले कोभिडविरुद्ध नाकबाट दिइने ओखती (हेपारिन) पनि परीक्षण भइरहेको र त्यो सफल भए झनै प्रभावकारी हुने बताए ।
सो कार्यक्रमको सहजीकरण पत्रकार महासंघ बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियारले गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा