गीतकार क्याप्टेन पूर्ण लिम्बु संखुवासभा समाज बेलायतद्वारा सम्मानित

लण्डन । संखुवासभा सभा समाज युकेको आठौं नवकार्यसमितिको पहिलो बैठक इम्पाएर हल अल्डरसट्मा सम्पन्न भएको छ।
बैठकको प्रमुख अतिथि नेपालदेखि आउनु भएका रिटायर्ड क्याप्टेन, वेलफेयर अफिसर, गीतकार, गायक, समाजसेवी पूर्ण लिम्बु हुनुहुन्थ्यो ।
अध्यक्ष उत्तर सुन्दासको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निर्वतमान महासचिव चित्र गोम्देनले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष श्रीमती हेमा गुरुङ रानाले राख्नु भएको थियो साथै उपाध्यक्ष उत्तर मगरले सुरक्षासम्बन्धी जानकारी गराउनु भएको थियो ।
सो अवसरमा २०७७ सालमा नेपाल सरकारद्वारा प्रबल जनसेवा नागरिक चौथोबाट समेत सम्मानित हुनुभएका लिम्बूलाई समाजका तर्फबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष अमर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने निवर्ततमान अध्यक्ष नैनासिङ गुरुङले आफ्नो कार्यकालको गतिविधिमा युकेबाट संखुवासभामा गरिएका प्रत्येक कार्यमा पूर्ण लिम्बुले सहयोग गर्नु भएको बारेमा प्रस्टाउनु भएको थियो ।
आफ्नो छोटो मन्तव्य राख्ने क्रममा लिम्बूले भावुक साथै हर्षित हुँदै संखुवासभा समाज युकेप्रति धन्यवादका साथ आभार व्यक्त गर्नु भएको थियोे ।
महासचिव कमल गुरुङले आगामी दिनहरुमा समाज अगाडी बढाउन सबैको उत्तिकै जिम्मेवारी र सरसल्लाह सुझावलाई महत्त्वपूर्ण हुन्छ भन्नुभएको थियो ।
अन्तमा अध्यक्ष उत्तर सुन्दासले उपस्थित सबैलाई कार्यक्रम सफल भएकोमा धन्यवादका साथ आभार व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री