लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायत र नेपाल तथा गोर्खा प्रतिनिधिबीच हुन लागेको वार्ता अघि कार्यगत एकतामा जोड दिएको छ ।
गेसो सभापति कृष्णकुमार राईले एक विज्ञप्ति जारी गर्दै विगतमा भएका कमी कमजोरीको आत्मसमिक्षा गरि वार्ता निर्णायक बनाउन अपिल गरेका हुन् ।
समानता प्राप्तिको लडाईं लडेको तीन दशक भइसक्दा पनि भूतपूर्व गोर्खाहरुमाथि बेलायतको विभेद अझै कायम रहेको भन्दै गेसोले गोर्खा संगठनहरुलाई एकजुट भएर लाग्न आग्रह गरेको छ ।
‘हामीले विगतको तिक्तता बिर्सेर सहकार्य, समझदारी र कार्यगत एकतालाई केन्द्रमा लाग्नुपर्ने बेला आएको छ’, गेसो सभापति राईले भने, ‘अब पनि गम्भीर भएर लागेनौं भने इतिहास र पितृले हामीलाई सराप्नेछन् । त्यसैले हिजो अन्जानमा भए गरेका गल्ती कमजोरी अब नदोहोरयाउने किसिमले काम गरौं । त्यसैमा सबैको हित छ ।’
बेलायतका लागि नयां राजदूत ज्ञानचन्द्र आचार्य यहां आएपछि त्रिपक्षीय वार्ता अगाडि बढाउने नेपाल सरकारको तयारी छ ।
गेसोले वार्ता समितिमा पनि सर्वपक्षीय प्रतिनिधित्व माग गर्दै आएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान