लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायत र नेपाल तथा गोर्खा प्रतिनिधिबीच हुन लागेको वार्ता अघि कार्यगत एकतामा जोड दिएको छ ।
गेसो सभापति कृष्णकुमार राईले एक विज्ञप्ति जारी गर्दै विगतमा भएका कमी कमजोरीको आत्मसमिक्षा गरि वार्ता निर्णायक बनाउन अपिल गरेका हुन् ।
समानता प्राप्तिको लडाईं लडेको तीन दशक भइसक्दा पनि भूतपूर्व गोर्खाहरुमाथि बेलायतको विभेद अझै कायम रहेको भन्दै गेसोले गोर्खा संगठनहरुलाई एकजुट भएर लाग्न आग्रह गरेको छ ।
‘हामीले विगतको तिक्तता बिर्सेर सहकार्य, समझदारी र कार्यगत एकतालाई केन्द्रमा लाग्नुपर्ने बेला आएको छ’, गेसो सभापति राईले भने, ‘अब पनि गम्भीर भएर लागेनौं भने इतिहास र पितृले हामीलाई सराप्नेछन् । त्यसैले हिजो अन्जानमा भए गरेका गल्ती कमजोरी अब नदोहोरयाउने किसिमले काम गरौं । त्यसैमा सबैको हित छ ।’
बेलायतका लागि नयां राजदूत ज्ञानचन्द्र आचार्य यहां आएपछि त्रिपक्षीय वार्ता अगाडि बढाउने नेपाल सरकारको तयारी छ ।
गेसोले वार्ता समितिमा पनि सर्वपक्षीय प्रतिनिधित्व माग गर्दै आएको छ ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?