लण्डन । बेलायतमा पछिल्लो समयमा ह्वाटस आपबाट म्यासेज पठाई ठगी हुने क्रम बढेको छ ।
आफ्ना छोरा वा छोरीलाई अभर परेको व्यहोराको म्यासेज बाबाआमालाई पठाइ गरिने यस किसिमको ठगीलाई ‘मम एण्ड ड्याड स्क्याम’ भनेर नाम दिइएको छ । किनभने यस्तो ठगीमा ह्वासआपबाट बाबा वा आमा सम्बोधन गरी म्यासेज पठाइने गरिन्छ ।
७० वर्षीय एलिजावेथ बेकर विदामा गएकी थिइन् । एक्कासी उनलाई ह्वासआपमा म्यासेज आयो जसमा भनिएको थियो -आमा मेरो फोन शौचालयमा खस्यो अब म चलाउन मिल्दैन ।
उनले छोरीलाई फोनलाई चामलभित्र राखेर सुख्खा बनाउन सुझाव दिइन् तर त्यो नम्बरबाट उनलाई म्यासेज आउन छाडेन । भोलि एउटा आकस्मिक बिल तिर्नपर्ने भएकाले बैँक ट्रान्सफर गरेर पैसा पठाउन उनलाई त्यो नम्बरबाट म्यासेज आयो । त्यसपछि उनी सशंकित भइन् र तत्काल ज्वाइँलाई फोन गरिन् । फोन गर्दा छोरीको फोन सहीसलामत रहेको थाहा पाइन् ।
उनी धन्न ५०० पाउण्ड ठगिनबाट बचिन् । उनी भन्छिन्, ‘छोरीलाई पक्कै पनि त्यस्तो अवस्था पर्न सक्छ र उनले त्यस्तो म्यासेज पठाउन सक्छिन् । हेर्नुहोस् हामीहरु कति सजिलै ठगिन सक्ने रहेछौँ ।’
अर्का एक सेवानिवृत्त शिक्षकलाई उनको छोरा बनेर अपरिचित नम्बरबाट म्यासेज आउँछ । जसमा भनिएको हुन्छ, ‘बाबा मेरो फोन बिग्रेकाले यो नम्बरबाट म्यासेज गरेको सन्चै हुनुहुन्छ होला’ । छोराबाट टाढा रहेका पिता छोराको म्यासेज आउनासाथ फुरुङ्ग हुन्छन् । त्यसपछि आफूले पठाएको इमेलको उत्तर किन नदिएको सोध्छन् । छोरा बन्ने व्यक्तिले केही दिनदेखि इमेल हेर्न नपाएको भन्दै आफूलाई जरुरी परेकाले १८०० पाउण्ड पठाइदिन अनुरोध गर्छ । पिताले पनि सो पैसा पठाइदिन सहजै मान्छन् तर बैँकले उनको कारोबार शंकास्पद भन्दै रोकिदिन्छ । पछि अनुसन्धान गर्दै जाँदा त्यो छोरा बन्ने व्यक्ति नक्कली ठहर्छ ।
सानट्याण्डरका अनुसार यस्तो ठगी बितेको तीन महिनामा मात्र ५३२ प्रतिशतले बढेको छ । जसमा ६५ प्रतिशत केसमा छोरा बनेर पैसा मागेको देखिन्छ भने २५ प्रतिशत केसमा छोरी बनेर । बाँकी साथी वा बाबुआमा बनेर पनि पैसा मागेको देखिन्छ ।
युके फाइनान्सका अनुसार सन् २०२१ को पहिलो छ महिनामा मात्र यसरी ३५५.३ मिलियन ठगी भएको थियो जसमध्ये १५०.७ मिलियन बैँकले ग्राहकहरुलाई फिर्ता दिएको थियो । यसरी ठगिनेले बढीमा ३ हजार पाउण्डसम्म ठगिएको पाइएको छ ।
यस्तो ठगीबाट कसरी जोगिने त ? बार्कलेज बैँकका रोस मार्टिन भन्छन्, ‘यदि आफ्नो आफन्त कसैले अभर परेँ भनेर पैसा माग्छ भने पैसा पठाउनु अघि एकपटक फोन गर्नुहोस् ।’
उता ह्वासआपकी क्याथरिन हार्नेट पनि यदि कसैले पैसा माग्छ भने सबैभन्दा पहिले यसरी पैसा माग्ने को हुन् भनेर पत्ता लगाउन सुझाव दिन्छिन् ।
ठगी विज्ञ चार्ली सेक्ससाफ्ट पनि हतारमा पैसा नपठाउन केही समय लिन र परिवारका सदस्यसित सीधा अन्य माध्यमबाट सम्पर्क गर्न सुझाव दिन्छिन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’