लण्डन । इङ्ल्याण्डमा अर्को विहीबारदेखि कोभिडसम्बन्धी नियन्त्रणकारी प्रावधानहरु खुकुलो बनाइने भएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आज बेलायती संसदमा बोल्दै सो घोषणा गरेका हुन् ।
जोन्सनका अनुसार विहीबारदेखि इङल्याण्डमा कोभिड पास अनिवार्य रहने छैन । तर यदि व्यापारिक प्रतिष्ठानहरुले चाहेमा उनीहरुमा निर्णय लिने अधिकार दिइएको छ । यसअघि नाइट क्लवलगायत ठूला इभेन्टहरुमा कोभिड पास भएपछि मात्र प्रवेश दिइन्थ्यो ।
यसैगरी, सार्वजनिक यातायातमा मास्क लगाउनै पर्ने नियम पनि खारेज गरिएको छ । इङल्याण्डका माध्यमिक तहका कक्षाहरुमा विद्यार्थीहरुले मास्क लगाउनै पर्ने नियम पनि हटाइएको छ । यसअघि सार्वजनिक यातायातमा मास्क नलगाएमा जरिवाना गर्ने गरिएकोमा त्यो अब कायम रहने छैन । तर अपरिचितसितको भेटमा, धेरै भीडभाड भएको ठाउँमा, साँघुरो ठाउँमा भने मास्क लगाउन सल्लाह दिइएको छ ।
यस्तै, घरबाटै काम गर्न दिइएको सल्लाह पनि अब अन्त्य गरिएको छ । केयर होमहरुमा यसअघि लगाइएको नियन्त्रण पनि हटाइएको छ र यसबारेमा थप जानकारी दिइने बताइएको छ ।
यद्यपि कोरोना भाइरस टेष्ट गर्दा पोजिटिभ देखिएमा सेल्फ आइसोलेसन गर्नुपर्ने नियम भने कायमै राखिएको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]