लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
सम्मानमा पचास हजार रुपियाँ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख रुपियाँ नगद राशी र ताम्रपत्र रहेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी गराउनुभयो ।
वि.सं. २०१० साल कार्तिकमा सिन्धुलीको हत्पतेमा जन्मिनुभएका डा. बरालले स्कुले जीवनबाट गीत तथा गजल लेख्न थाल्नुभएको थियो । उहाँका दर्जनौँ गीत तथा गजल चर्चित र लोकप्रिय रहेका छन् । उहाँलाई नेपाली गीत तथा गजलका क्षेत्रमा विशिष्ट योगदान दिएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो ।
यसैगरी वि.सं. २०३० वैशाख १५ गते पाचँथरको रानीटारमा जन्मिनुभएका गणेश गुरुङले २०४७ सालमा रेडियो नेपालबाट गायन सुरु गर्नुभएको हो । सय भन्दा बढी गीतहरूमा संगीत संयोजन गर्नुभएका गुरुङको सयकै हाराहारी एल्बममा संगीतसमेत रहेको छ । गुरुङलाई संगीत सृजना तथा एरेन्जका साथै संगीत प्रशिक्षणसमेत गरेर नेपाली गीतसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएवापत ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो ।
सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्वर्गीय ईश्वर मानन्धर, स्वर्गीय अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम) र भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ) का साथै गोपाल पराजुली र डा. राजेन्द्र विमल सम्मानित भइसक्नुभएको छ ।
यसैगरी ‘प्रतिभा पुरस्कार’बाट हालसम्म नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ र विमला तुम्खेवा पुरस्कृत भइसक्नुभएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’