लण्डन । बेलायतको अर्थतन्त्र कोभिड महामारी शुरु हुनुभन्दा अगाडीको अवस्थामा पुगेकाे छ ।
अफिस अफ न्याशनल स्ट्याटिटिक्सले शुक्रबार सार्वजनिक गरेको आँकडाअनुसार सन् २०२१ को नोभेम्बर महिनामा बेलायतको अर्थतन्त्र कोभिड शुरु हुनु अगाडीको अवस्थामा पुगेकाे हो ।
सो तथ्यांकअनुसार नोभेम्बर २०२१ को अर्थतन्त्र सन् २०२०को फेब्रुअरी महिनाको अर्थतन्त्र भन्दा ०.७ प्रतिशतले ठूलो थियो ।
अफिस अफ न्याशनल स्ट्याटिटिक्सका अर्थशास्त्री ग्रान्ट फ्रिज्नरले नोभेम्बर महिनामा बेलायतको सेवा, उत्पादन र निर्माण क्षेत्रकाे योगदानका कारण अर्थतन्त्र प्रक्षेपण गरिएभन्दा छिटो सुधार भएको बताए । यसअघि अर्थशास्त्रीहरुले नोभेम्बरमा ०.४ प्रतिशत मात्र अर्थतन्त्र वृद्धि हुने अनुमान गरे पनि ०.९ प्रतिशत वृद्धि भएको थियो ।
फ्रिज्नरले आर्टिटेक्ट, रिटेल, कुरियर र अकाउण्टिङ क्षेत्रमा सो अवधिमा राम्रो सुधार आएको बताए ।
विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बेलायतको अर्थतन्त्र अमेरिका लगायतका देशको अर्थतन्त्र कोभिड पूर्वको अवस्थामा पुगिसक्दा पनि तङ्ग्रिन सकेको थिएन । कोरोना महामारीका कारण बेलायतको अर्थतन्त्र सन् २०२०मा ९ प्रतिशतले खुम्चिएको थियो ।
यद्यपि डिसेम्बरमा फैलिएको ओमिक्रोन भेरियन्ट र त्यसलाई नियन्त्रण गर्न सरकारले लागू गरेको प्लान बीका कारण बेलायतको अर्थतन्त्र डिसेम्बर र जनवरीमा केही खुम्चिने अनुमान गरिएको छ । अफिस अफ न्याशनल स्ट्याटिटिक्सले डिसेम्बरमा ०.२ प्रतिशत भन्दा ज्यादा अर्थतन्त्र नखुम्चने अनुमान गरेको छ ।
चर्को मुद्रास्फिति, ब्याजदरको वृद्धि, उर्जाको मूल्य वृद्धि लगायतका कारणले सन् २०२२ को बेलायतको अर्थतन्त्र आशाजनक नहुने प्रारम्भिक अनुमान पनि गरिन थालेको छ । तथापि युलेर अर्मिस नामक बीमा कम्पनीका आर्थिक अनुसन्धान प्रमुख आना बोअटाले सन् २०२२ मा बेलायतको अर्थतन्त्र २.६ प्रतिशत वृद्धि हुने बताएकी छिन् ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले बेलायतको अर्थतन्त्र कोभिडपूर्वको अवस्थामा आउनुलाई बेलायती जनताहरुको साहस र कटिवद्धताको प्रतीक भनेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’