लण्डन । बेलायतको अर्थतन्त्र कोभिड महामारी शुरु हुनुभन्दा अगाडीको अवस्थामा पुगेकाे छ ।
अफिस अफ न्याशनल स्ट्याटिटिक्सले शुक्रबार सार्वजनिक गरेको आँकडाअनुसार सन् २०२१ को नोभेम्बर महिनामा बेलायतको अर्थतन्त्र कोभिड शुरु हुनु अगाडीको अवस्थामा पुगेकाे हो ।
सो तथ्यांकअनुसार नोभेम्बर २०२१ को अर्थतन्त्र सन् २०२०को फेब्रुअरी महिनाको अर्थतन्त्र भन्दा ०.७ प्रतिशतले ठूलो थियो ।
अफिस अफ न्याशनल स्ट्याटिटिक्सका अर्थशास्त्री ग्रान्ट फ्रिज्नरले नोभेम्बर महिनामा बेलायतको सेवा, उत्पादन र निर्माण क्षेत्रकाे योगदानका कारण अर्थतन्त्र प्रक्षेपण गरिएभन्दा छिटो सुधार भएको बताए । यसअघि अर्थशास्त्रीहरुले नोभेम्बरमा ०.४ प्रतिशत मात्र अर्थतन्त्र वृद्धि हुने अनुमान गरे पनि ०.९ प्रतिशत वृद्धि भएको थियो ।
फ्रिज्नरले आर्टिटेक्ट, रिटेल, कुरियर र अकाउण्टिङ क्षेत्रमा सो अवधिमा राम्रो सुधार आएको बताए ।
विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बेलायतको अर्थतन्त्र अमेरिका लगायतका देशको अर्थतन्त्र कोभिड पूर्वको अवस्थामा पुगिसक्दा पनि तङ्ग्रिन सकेको थिएन । कोरोना महामारीका कारण बेलायतको अर्थतन्त्र सन् २०२०मा ९ प्रतिशतले खुम्चिएको थियो ।
यद्यपि डिसेम्बरमा फैलिएको ओमिक्रोन भेरियन्ट र त्यसलाई नियन्त्रण गर्न सरकारले लागू गरेको प्लान बीका कारण बेलायतको अर्थतन्त्र डिसेम्बर र जनवरीमा केही खुम्चिने अनुमान गरिएको छ । अफिस अफ न्याशनल स्ट्याटिटिक्सले डिसेम्बरमा ०.२ प्रतिशत भन्दा ज्यादा अर्थतन्त्र नखुम्चने अनुमान गरेको छ ।
चर्को मुद्रास्फिति, ब्याजदरको वृद्धि, उर्जाको मूल्य वृद्धि लगायतका कारणले सन् २०२२ को बेलायतको अर्थतन्त्र आशाजनक नहुने प्रारम्भिक अनुमान पनि गरिन थालेको छ । तथापि युलेर अर्मिस नामक बीमा कम्पनीका आर्थिक अनुसन्धान प्रमुख आना बोअटाले सन् २०२२ मा बेलायतको अर्थतन्त्र २.६ प्रतिशत वृद्धि हुने बताएकी छिन् ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले बेलायतको अर्थतन्त्र कोभिडपूर्वको अवस्थामा आउनुलाई बेलायती जनताहरुको साहस र कटिवद्धताको प्रतीक भनेका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल