लन्डन । बेलायती संसदका सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइवले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको ‘राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिन ली नाम गरेकी महिलालाई घुसपैठ गरेको भन्दै एमआईफाइवले उनको तस्वीर सार्वजनिक गरेको छ । साथै उनी सांसदहरुको सम्पर्कमा आएमा सुरक्षा निकायलाई सम्पर्क गर्न भनिएको छ ।
हङकङ र चीनमा भएका विदेशी नागरिकहरुको तर्फबाट लीले बहालवाला सांसदहरुलाई वित्तीय सहयोग प्रदान गरेको एमआइफाइवले जनाएको छ ।
पेशाले कानुन व्यवसायी ली बेलायती नागरिक हुन् । उनको नाममा बेलायतमा विभिन्न व्यवसाय दर्ता छ । उनले चीन सम्बन्धी सर्वदलीय संसदीय समितिका संयोजक तथा लेबोर पार्टीका सांसद ब्यारी गार्डिनरलाई पटकपटक गरी ४ लाख पाउण्डभन्दा बढी सहयोग गरेको पाइएको छ । साथै लीका छोरा सांसद गार्डिनरको कार्यालयमा कार्यरत रहेको पनि बताइएको छ ।
गार्डिनरले लीका छोराले विहीबार नै राजिनामा दिएको र आफूले पाएको सहयोग वैधानिक रहेको दाबी गरेका छन् ।
लीले यसबाहेक सबै दलका सांसदहरुलाई सहयोग गर्ने गरेको पाइएको छ ।
लन्डनस्थित चिनियाँ दूतावासले भने ती आरोप अस्वीकार गरेको छ । ‘विदेशीको संसदमा हस्तक्षेप गर्नु हामीलाई कुनै आवश्यकता छैन । हामीले यस्तो प्रयत्न गरेका पनि छैनौं,’ दूतावासले भनेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’